«

»

एउटी युवतीमाथि ५ जनाको सामुहिक बलात्कार

चितवन । बलात्कारको आरोपमा नारायणगढका विभिन्न स्थानबाट ५ जना युवाहरुलाई thumbopenप्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर न.पा.वडा नं.४ बस्ने बर्ष २० को सरोज श्रेष्ठ , कुमरोज गा.वि.स.वडा नं.३ बस्ने बर्ष २४ को शुशिल श्रेष्ठ , कुमरोज गा.बि.स.वडा नं.३ बस्ने बर्ष २८ को ईश्वर ढुङ्गाना ,बिरेन्द्रनगरका ३० बर्षिय गोवन्द अर्याल , सप्तरी नेगडा गा.बि.स.वडा नं.६ बस्ने बर्ष २८ को सन्तोष प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले प्रेस बिज्ञप्ती जारी गरी जनाएको छ । प्रहरीका अनुसार असार ८ गते राती करिव १० बजे भरतपुर न.पा.वडा नं.४ पे्रेसमार्गमा रहेको सुशिल श्रेष्ठको डेराकोठामा लगी कोठामा थुनी राखी पाँचै जनाले जवरजस्ती करणी गरेको भनि पिडितले जाहेरी दरखास्त पेश गरेकी छिन् । सोही अनुसार जवरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी उनीहरुलाई आजै चितवन जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न म्यादथप अनुमती लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

यसैगरी मकवानपुरमा एक युवतीमाथी पांच जनाले सामुहिक बलात्कार गरेका छन । युवतीलाई ललाई फकाई एक गेष्ट हाउसमा लगेर युवकहरुले सामुहिक बलात्कार गरेको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार  १८ बर्षीया युवति बलात्कार अभियोगमा  हेटौडा ४ बस्ने २५ बर्षीय सुरेश ढकाल, चितलाङ्ग-९ बस्ने २५ बर्षीय श्रीहरि अर्याल, २२ बर्षीय लक्ष्मण खत्री, भारत घर भई हेटौडा-४ मा गोलक्वाटर रेस्टुरेन्टका संचालक २७ बर्षीय गोपी सरा र भिमफेदी-६ बस्ने १७ बर्षीय विकास लामालाई पक्राउ गरेको हो । युवाहरुले भिमफेदी गाविसकै सिद्धार्थ उच्च माध्यामिक विद्यालयमा अध्यनरत किशोरीलाई ललाई फकाई हेटौडा–११ स्थित नारायणी गेस्टहाउसमा लगी जबरजस्ती करणी गरेको पिडित युवतिले बताएकी छिन् । स्वास्थ्य परिक्षणको रिपोर्टमा समेत युवतिमाथि सामुहिक बलात्कार भएको देखिएको युवतिको भनाइ छ ।