«

»

सरकारी अस्पतालका डाक्टरले निजी अस्पतालमा विरामी पठाएको खुलासा

शिशिर सिंखडा
रत्ननगर,चितवन,१९ असार
पूर्वी चितवनको एक मात्र सरकारी रत्ननगर अस्पतालमा उपचारका लागि गएका विरामीलाई डाक्टरले नै स्थानीय निजी अस्पतालमा उपचारमा आउन भन्दै विरामीलाई पठाउने गरिएको खुलासा भएको छ ।
अस्पतालमा सेवारत डाक्टर सन्तोष अधिकारीले नीजी अस्पतालवाट मोटो रकम असुलेर सरकारी अस्पतालमा आउने विरामीलाई रत्ननगरकै ओमसाईराम अस्पतालमा पठाउने गरेको पाईएको हो । दाँतको उपचार गराउन अस्पताल पुगेकी चतवनको विकट पहाडी गाविस सिद्धि–७ देउजरकी २० बर्षिय जमुना चेपाङलाई डा.अधिकारीले अस्पलालमा उपकरण नभएको भन्दै ओमसाईराम अस्पतालमा पठाएपछि यस्तो घटना सार्वजनिक भएको हो । बुधबार विहान साढे १० बजे सरकारी अस्पताल पुगेकी विरामी जमुना चेपाङले १० रुपैयाको टिकट लिई डा. अधिकारीको कक्षमा उपचारको लागि गएकी थिईन ।
अत्याधिक दाँत दुखेर गएकी विरामीलाई उल्टै डा. अधिकारीले दाँतको राम्रो संग परीक्षण नै नगरि दाँतको प्लाष्टर गरि निजी ओमसाईराम अस्पतालमा १ बजे आउन भन्दै उनी अस्पताल वाट वाहिरिएका थिए । दाँत दुखाईका कारण रुदै विरामी जमुना चेपाङ सो निजी अस्पताल पुगेकी थिइन । उनी त्यहा उपचारका लागि पुगेपछि निजी अस्पतालमा टिकट काटेर पैसा मागेपछि पैसा नभएर उनी झन रुन थालेकी थिईन । ओमसाईराममा पैसा लाग्ने भएपछि जमुनाले अनेत्र अस्पतालमा निशुल्क उपचार गराएर फर्किएकी थिईन । यस भन्दा अघि पनि रत्ननगर–७ निवासी ५२ बर्षिय टिकादेवी आचार्यलाई पनि डा. अधिकारीले साईराममा रिफर गरेका थिए । सो सस्तो शुल्कमा उपचार गराउन सरकारी अस्पताल पुगेकी आचार्य डा. अधिकारीले रिफर गरेपछि महङगो उपचार गर्न बाध्य भएकी थिईन ।
घटनाको विषयमा रत्ननगर अस्पताल सञ्चालक समितिका अध्यक्ष जनीअहमद शेखले डा. अधिकारीले पटक पटक विरामीलाई अन्य अस्पतालमा पठाउने गरेको जानकारी आएकोले सञ्चाकल समितिले यो घटनालाई गम्भीर रुपमा लिएको बताउनु भयो । भर्खरै मात्र नियुक्ति भइ अस्पतालमा आउनु भएका अस्पतालका मे.सु. डा. कृष्ण प्रसाद पौडेलले आफु काठमाडौमा रहेको र घटनाको विषयमा जानकारी पाए पछि गम्भीर भएको बताउनु भयो । चितवन आएर सो सम्वन्धमा छानविन गर्ने उहाँको भनाई रहेको थियो ।