«

»

कलर्सको एचडी मोवाइल नेपाली बजारमा

भरतपुर÷एण्ड्रोइड प्रविधिमा सस्तोमा गुणस्तरीय मोवाइल बजारमा ल्याइरहेको कलर्स मोवाइलको एक्सफ्याक्टर एचडी मोवाइल नेपाली बजारमा आएको छ ।
सो मोवाइलको बुधबार एक समारोहका बीच चितवनको नारायणगढबाट बिक्री शुभारम्भ गरिएको छ । कलर्स मोवाइलको नेपालका आधिकारिक विक्रेता टेलिटक नेपाल प्रा.लि.ले एक्सफ्याक्टर एचडीलाई नेपाली बजारमा ल्याएको हो । सो मोवाइललाई टेलिटकका प्रवन्ध निर्देशक रोहित गुप्ता, कलर्स मोवाइलको क्ष्ँेत्रीय वितरक टु फोर सिक्स मोवाइल हाउसका प्रवन्ध निर्देशक दिवाकर गुरुङ र कायाकैरन दैनिकका प्रकाशक÷सम्पादक दिनेशकुमार थपलियाले संयुक्त रुपमा औपचारिक रुपमा सार्वजनिक गरेका थिए ।
मोवाइल सार्वजनिक समारोहमा टेलिटकका प्रवन्ध—निर्देशक गुप्ताले पछिल्लो समयमा नेपाली बजारमा एण्ड्रोइड प्रविधि चाहने मोवाइलका पारखीहरुका माझमा कलर्स ब्राण्ड लोकप्रिय बन्दै गएको बताउ“दै उपभोक्ताहरुको चाहनाअनुसार समयानुकुल प्रविधियुक्त बनाएर कलर्सको एक्सफ्याक्टरका विभिन्न मोडलहरुलाई नेपाली बजारमा ल्याइएको जानकारी दिए । “सस्तोमा उच्चप्रविधियुक्त मोवाइल चलाउन चाहने उपभोक्ताहरुको लागि कलर्स उपयोगी बन्दै गएको छ”,उनले भने,“कलर्सका सिरिजहरुमा अरु भन्दा केही कमी छैन,त्यसैले यसले नेपाली बजारमा राम्रो प्रभाव जमाउ“दै जान थालेको छ ।”
टेलिटकका क्षेत्रीय प्रवन्धक सुशिल भेटवालले कलर्सको स्तरीयताका कारण उपभोक्ताहरु यसप्रति आकर्षित हु“दै गएका कारण नेपाली बजारमा यसको माग बढ्दै गएको दावी गर्दै आफ्नो बजेट अनुसार एण्ड्रोइड प्रविधिमा पनि कलर्सका स्तरीय सेटहरु पाउन सकिने जानकारी दिए ।
४ दशमलव ७ इञ्चको स्क्रीन र १ दशमलव २ क्वाड कोर प्रोसेसर रहेको कलर्सं एक्सफ्याक्टर एचडीको अधिकतम बजार मूल्य २३ हजार ५ सय रुपैया“ कम्पनीले निर्धारण गरेको छ । पछाडि एचडी भिडियो रेकर्डिङ सुविधासहितको ८ मेगापिक्सलको र अगाडि २ मेगापिक्सलको उच्चस्तरीय क्यामरा रहेको यो मोवाइलले ३ सय ६० डिग्रीमा पानोरमा सट र एकपटकमा ९० वटा फोटो लगातार खिच्न सक्ने सुविधापनि रहेको छ । ३ जी प्रविधिलाई पनि सर्पोट गर्ने र लामो टिकाउयुक्त १ हजार ८ सय ली—पो ब्याट्री रहेको एक्सफ्याक्टर एचडीमा एण्ड्रोइडको ४.२.१ जेलीबीन रहेको छ । यो मोवाइल खरिद गर्दा उपभोक्ताहरुले सित्तैमा पछाडिको कभर, स्क्रीन गार्ड र ८ जीबीको मेमोरी कार्ड पाउने टेलिटकले जनाएको छ ।