«

»

Sajha Sawal Episode 287: Financial Source of Political Parties for Election

मिति घोषणा नभए पनि आगामी मंसिरभित्र संविधानसभाको दोश्रो चुनाव हुने नेता र मन्त्रिहरुले बताइरहेका छन् । जति जति चुनावको तातो बढ्दै जान्छ, दलहरु चुनावका लागि पैसो जुटाउन व्यस्त हुन थाल्छन् । यो पटकको चुनावमा दलहरुले कहाँबाट पैसा जुटाउलान्? नेताहरु चुनावी प्रचार प्रसारका लागि जिल्ला र गाउँ गाउँ दौडिन थालिसके । नेताहरुले जहाजै चार्टर गरेको, एकै दिनमा दुई तीन जिल्लाका आमसभा सम्वोधन गर्न हेलिकप्टरमा उडेको खबरहरु दिनदिनैजसो आईरहन्छ। चुनावको मिति नजिकिंदै जाँदा खर्च अझ बढ्दै जान्छ । कहाँबाट पाउँछन त दल र नेताहरुले पैसा? छलफलका लागि हामीसँग एनेकपा माओवादीका नेता पूर्व अर्थ मन्त्रि बर्षमान पुन ‘अनन्त’, निर्वाचन आयोगका आयुक्त डा. अयोधि प्रसाद र उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे हुनुहुन्छ । काठमाडौं र पोखराका करीव ६० जना सहभागिको अग्रपंक्तिमा निर्वाचन आयोगमा दलहरुले बुझाएका आयव्ययको लेखा परिक्षण गरेका वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट बिकेमान सिंह अनि भ्रष्टाचारबारे नियमित लेखिरहनुहुने प्रणव भट्टराई हुनुहुन्छ ।