«

»

Badi Pidit Rahat 10 Asar 2070

दार्चुलाका बाढीपीडितका लागि हिमालय टेलिभिजनले स्थापना गरेको राहत कोषमा गैर आवासीय नेपाली संघ अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाले दश हजार रुपैया प्रदान गर्नु भएको छ।
टेलिभिजनको राहात संकलन अभियान अन्तर्गत संयोजक थापाले आफ्ना प्रतिनिधि अरुण थापामार्फत उक्त रकम हिमालय टेलिभिजनद्वारा स्थापित कोषमा जम्मा गर्ने गरी टेलिभिजनका समाचार व्यवस्थापक सम थापालाई हस्तान्तरण गर्नुभयो। यसअघि हिजो ललितपुरको सातदोबाटोस्थित जेनेभा ग्बोबल विद्यालयका विद्यार्थीहरुले पनि राहत कोषमा जम्मा हुने गरी नगद तथा जिन्सी सहयोग गरेका थिए।