«

»

टे«ड युनियन कांग्रेसमा देउवा पक्ष हावी

tradeunionअध्यक्षमा खिलानाथ दाहाल बिजयी
रत्ननगर, १२ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेस–स्वतन्त्रको चितवनको रत्ननगरमा बुधबार सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट खिलानाथ दाहाल विजयी भएका छन् । दाहाल काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर हुन् ।
दाहालले सभापति शुशिल कोईराला पक्षधर पुष्कर आचार्यलाई ६२ मत अन्तरले पराजित गरेका हुन् । दाहालले ७ सय ८६ मत र आचार्यले ७ सय २४ मत प्राप्त गरेका थिए ।
बरिष्ठ उपाध्यक्षमा कोईराला पक्षधर रामजी कुँवर ७ सय ५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वि कृष्णप्रसाद पौडेलले  ६सय १८ र रिता खनालले ७७ मत प्राप्त गरेका थिए ।
खुल्ला तर्फका दुई उपाध्यक्षमा कोईराला पक्षधर अयोध्या प्रसाद यादव र देउवा पक्षधर गणेश प्रसाद निरौला बिजयी भएका छन् । खुल्ला महिला तर्फको उपाध्यक्षमा देउवा पक्षधर रमा पौडेल निर्वाचित भएकी छन् ।
सेवा क्षेत्र तर्फ उपाध्यक्षमा देउवा पक्षधर बमबहादुर डिसी निर्वाचित भएका छन् । उत्पादन क्षेत्र तर्फको उपाध्यक्षमा देउवा पक्षकै ललित श्रेष्ठ निर्वाचित भएका छन् । अनौपचारिक क्षेत्र तर्फको उपाध्यक्षमा पनि देउवा पक्षधर कल्पना अधिकारी निर्वाचित भएकी छन् ।
महासचिवका दुई प्रतिष्पर्धीलाई पछि पार्दै महेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् । उनले ६सय ६४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी ध्रुवचन्द्र गौतमले ६सय ५८ र अच्युतराज पाण्डेले ९७ मत प्राप्त गरे । तीन जना उपमहासचिवमा तिनैजना देउवा पक्षधर विजयी भएका छन् । विजयी हुनेहरुमा केदार कोईराला, आशासिंह राठौर र सञ्जय प्रसाद मिश्र रहेका छन् । उपमहासचिमा नै महिलाबाट ललितकला गुरुङ्ग विजयी भएकी छन् ।
त्यसैगरि, कोषाध्यक्षमा कोईराला पक्षधर योगेन्द्र बहादुर कुँवर र सहकोषाध्यक्षमा जर्नादन निरौला विजयी भएका छन् । खुल्ला तर्फ १५ सदस्यका लागि १ सयले उम्मेदवारी दिएका थिए । निर्वाचित हुनेहरुमा अधिकांश देउवा पक्षका रहेका छन् ।
नवनिर्वाचित केन्द्रिय सदस्यहरुमा आत्माराम पौडल, उदयप्रकाश साउद, जयबहादुर योञ्जन, दाबासंगे लामा, नुरमोहम्मद मियाँ रैन, झोगेन्द्र झा, रघुनाथ अधिकारी, राजेश पटेल, विमलराज क्षेत्री, सिताराम अवस्थी, हरिशरण नेपाली, ईश्वरबहादुर परियार, खगेन्द्र खत्री, महेन्द्र महतो र शिशिर कुमार झा रहेका छन् । त्यस्तै महिलाबाट केन्द्रिय सदस्य निर्वाचित हुनेहरुमा अम्बिका पौडेल, मिना न्यौपाने, राधिका कुइँकेल खनाल, शुशिला घिमिरे,कमला लामिछाने, तारा राई र प्रतिमा शाह रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष दाहालले पत्रकारहरुसँग प्रतिक्रिया दिंदै चुनावमा हारजित हुनु स्वभाविक भएकाले सबैलाई मिलाएर जाने बताए । उनले अबको आफ्नो एजेण्डा नै मजदुरहरुको हकहितमा काम गर्ने भएकाले टे«ड युनियनलाई सबैको साझा चौतारी बताउने प्रतिवद्धता जनाए । चार दिन सम्म चलेको महाधिवेशनमा ३७ पदका लागि ७२ जिल्लाका १ हजार ५ सय ६१ जनाले मतदान गरेका थिए ।
नेपाली कांग्रेस निकट २५ शुभेच्छुक संगठनहरु आवद्ध  ट्रेड युनियन महासंघ कांग्रेस स्वतन्त्रको पाँचौ राष्ट्रिय महाधिवेशनबाट २३ वर्ष सम्म एकजनाले गरेको नेतृत्व परिवर्तन भएको छ । २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनासँगै पहिलो महाधिवेशनबाट संगठनको नेतृत्वमा आएका लक्ष्मणबहादुर बस्नेतले पाँचौ राष्ट्रिय महाधिवेशनबाट औपचारिक बिदाई लिएका छन् ।