«

»

समय सन्दर्भ : आफू बाँच्न अरुलाई बचाउनु पर्छ

–वीरेन्द्रमणि पौडेल

संसारका अरु देशमा मान्छेहरु कसरी बाँचेका छन् धेरै देश घुम्ने मौका नमिलेका कारण थाहा भएन । तर जहाँसम्म सवाल नेपालमा जन्मिएर लामै समय बाँच्ने प्रयास गरिरहेकाहरुको बाँच्ने तरिका देख्दा उदेक लाग्छ । दुनियाँका अरु देशमा आफू बाँचेको अरु मान्छे बाँचेकैले हो भन्ने कुरा बुझेका छन् । किसानले अन्न उत्पादन गर्छ । पसिना बगाएर अन्न उत्पादन गरेकैले डाक्टर, इन्जिनियर, पाइलट, प्रहरी, सेना, निजामति कर्मचारी, वकिल, पत्रकार लगायत सबै पेशाका सबै मान्छे बाँचेका हुन्छन् । आफ्नो मेहनतद्वारा सबैलाई बचाउन सहयोगी भूमिका निर्वाह गरेकै हुनाले संसारका सबै मुलुकमा अन्न उत्पादन गर्ने किसानलाई सम्मान गर्ने गरिन्छ । तर दुर्भाग्यपूर्ण अवस्था भन्नुपर्छ नेपालमा किसानलाई स्नेह गरिँदैन, सम्मान गरिँदैन, उसको कुनै पनि दुःखमा अरु पेशाका मानिसले साथ दिँदैनन् । किसानकै कारण आज मेरो जीवन बाँचेको छ भन्ने सोच्ने फुर्सद कुनै पनि पेशाका कुनै पनि नागरिकलाई छैन । यतिसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्ने किसानलाई सम्मान र सहयोग गर्न नसके पनि अपमान र असहयोग नगरिदिए हुन्थ्यो । तर मान्छेहरु किसानलाई सकेसम्म अपमान गर्छन्, असहयोग गर्छन् ।
केही उदाहरणहरु अरु पनि प्रस्तुत गरौं । गाडी चालक ड्राइभरको भूमिका प्रशंसा लायक छ । एक पटकमा झण्डै एकसय जना यात्रुलाई एक चालकले गन्तव्यमा पु¥याएको हुन्छ । त्यसरी गन्तव्यमा पु¥याएबापत उसले तोकिएको पारिश्रमिक बाहेक केही पाउँदैन । तर त्यसरी अरुको जीवनलाई सुरक्षित ढड्डले गन्तव्यमा पु¥याइदिने चालक आज अपमानको शिकार भएको छ । चालकलाई नेपाली नागरिक समाजमा खासै सम्मान गरिएको देखिँदैन । यो उनीहरुमाथिको अन्याय हो । अब कल्पना गरौं चालकविनाको जिल्ला र राष्ट्रको । नेपालमा खान नपाउने स्थिति आयो वा अपमान सहन नसकेर उनीहरु सबै खाडी मुलुकतिर लागेभने यो मुलुकमा यातायातको साधन कसले चलाउँछ ? मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिले गाडी चलाउने कुरा आएन र उनीहरुले सक्दा पनि सक्दैनन् । नेताहरुको हुति छैन गाडी हाँकेर जनताको सेवा गर्ने । अरु पेशाका अरुले त्यो काम गर्न सक्दैनन् । अनि किन चालकको महत्व बुझ्ने प्रयास नगर्ने ? किन उनीहरुलाई अपमान गर्ने ? किन आफू मात्रै बाँच्ने प्रयास गर्ने ? प्रसंग उनीहरुले कहिलेकाहीँ गर्ने कमजोरी वा गल्तीको पनि उठाउन सकिन्छ । चालकहरुले मदिरा सेवन गरी गाडी हाँकेर मान्छे मरेको प्रमाण भेटिएको छ । यस्तो अवस्थामा सम्बन्धित चालकलाई कानुनी कार्बाही गर्न सकिन्छ र गर्नुपनि पर्छ तर जहाँसम्म सवाल उनीहरुको योगदान र सहयोगको छ त्यस्ता सहयोग र योगदानलाई कदर गर्न कन्जुस्याँइ गर्र्नै हुँदैन । चालकको सहयोग राष्ट्र सञ्चालन प्रक्रियामा सामान्य छैन भन्ने सोची सकेसम्म सबै प्रकारका सहयोग उनीहरुलाई गर्नुपर्छ । यदि एक चालकलाई उसको परिवार पाल्न सक्ने तलब सुविधा दिने, बालबालिकाको शिक्षाको लागि सर्वसुलभ ढड्डले पढ्ने वातावरण बनाइदिने र विरामी हुँदा उपचार गर्न नपाएर मर्ने स्थितिको अन्त्य गरिदिने हो भने आज कुनै पनि चालक नेपालभूमि छाडेर विदेशिने छैनन् । तर नेपाली नागरिकहरुको एक्लै बाँँच्ने प्रयास र चाहनाले आज थुप्रै थुप्रै नेपाली गाडीचालकहरु विदेशिएका छन् जसको परिणाम राज्यसञ्चालन प्रक्रियालाई गम्भीररुपले धक्का लागिसकेको छ ।
एक पत्रकार पलायन हुँदा राष्ट्रलाई कति धक्का पर्छ भन्ने कुरा आज विश्वका विकसित र अति विकसित मानिएका अमेरिका र बेलायत जस्ता देशले महशुस गरिसकेका छन्भने हाम्रो मुलुकका शासक र अन्यअन्य पेशाका मानिसलाई आजसम्म चेत खुलेको छैन । आज नेपालमा विद्युतीय सञ्चारमाध्यम सहित छापा सञ्चारमाध्यमले नेपाली जनताको चेतनास्तर माथि उकास्न खेल्नसम्मको उच्च भूमिका खेलेका छन् । नागरिक अधिकार यी हुन् र कर्तव्य यी हुन् भन्ने जानकारी सञ्चारमाध्यममा काम गर्ने पत्रकार र सबै खालका सञ्चारकर्मीहरुले दिइरहेका छन् । सञ्चारक्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुकै योगदानले नेपालमा एकपटक प्रजातन्त्र आयो । यो सत्य नकार्ने तागत न यतिबेलाका न त त्यतिबेलाका नेता र शासकहरुसँग छ र थियो । होस्टे राजनीतिक दलका नेता कार्यकर्ताले गरे जोडबलका साथ “हैंसे” नेपाली पत्रकारिता क्षेत्रले ग¥यो । यदि यो क्षेत्रले नगरेको भए जसले जतिसुकै गफ दिएपनि २०६२÷०६३ को आन्दोलनले सफलता पाउन मुश्किल थियो । तर जनआन्दोलन अघि र तत्कालपछि दलका नेताहरुले देशभरिका सञ्चारकर्मीलाई स्यावासीका नाममा फुक्र्याउने काम त गरे तर त्यसपछि “खोला त¥यो लौरो बिर्सियो” । आफ्नो स्वार्थ पूरा भएपछि नेपालका अपवादलाई छाडेर सबै सञ्चारकर्मीलाई लत्याउने काम गरियो । आज टेलिभिजन, रेडियो र पत्रपत्रिका बन्द भयो भने समाज र राष्ट्रको हालत के हुन्छ ? कल्पना गर्दा समेत आङ जिरिड्ड हुन्छ, तर घर आँगन समाज र राष्ट्र नै सञ्चार र विचार प्रवाह गरेर उज्यालो बनाइदिने सञ्चारकर्मीहरु मरुन् वा बाँचुन् कसैलाई केही चासो छैन । देशका पत्रकार विरामी भए, मरे वा पलायन भए मेरो÷हाम्रो के हविगत होला कहिल्यै कसैले सोचेन यो देशमा । सिर्फ आफू एक्लै बाँच्ने प्रयास गरियो । पुष्टिका लागि प्रमाणहरु हजारौं हजार छन् एक दुईओटा मात्रै होइन ।
डाक्टरलाई पनि उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ । मानव शरिरका अंगहरुमा रोग लाग्छ । आज नलागे भोलि, भोलि नलागे पर्सी रोग अवश्य लाग्छ किनकि शरीर भनेकै जहाँ छोएपनि दुख्ने चिज हो र रोग यसैमा लाग्छ । फलाम, काठ र सिमेन्टमा रोग लाग्दैन । रोग लागेपछि उपचार गर्नैपर्छ र उपचारका लागि डाक्टर चाहिन्छ यो युगमा । डाक्टर नभइ उपचार अरु पेशाका मान्छेबाट सम्भवै छैन । तर हिजोआज डाक्टरको मूल्य तल झारिएको छ । एकथरि मान्छेहरु डाक्टरको मूल्य डाक्टरकै कारण तल झरिरहेको तर्क गरिरहेका छन् । त्यो तर्कमा सत्यता नभएको पनि होइन तर यति भन्दैमा सबका सब डाक्टरको एकै पटक एकै लटमा अवमूल्यन गर्ने काम भएको छ, उनीहरुको सहयोग र असल कर्मको अवमूल्यन गरिएको छ, यो चाहीँ बिलकुल गलत भएको छ । कर नतिर्ने, देशभरिको सम्पत्ति आफैमात्रै भोगचलन गर्नेतर्फ सोच्ने, पदको दुरुपयोग गरेर अकुत सम्पत्ति जोड्ने डाक्टरलाई कानुन बमोजिम कानुनी कार्बाही गर्नैपर्छ, माफी दिने कुरै गर्नु हुन्न । तर इमान्दार डाक्टरहरुको सहयोग र देश र जनताप्रतिको उनीहरुको समर्पणलाई अनादर गर्ने काम भने कसैले गर्न हुँदैन । आज डाक्टर नभए के हुन्छ ? जानेर गल्ती गरेका छन् भने कानुनी कार्बाही अलग विषय हो । गल्ती नगरेका डाक्टरलाई विनाप्रमाण हचुवाका भरमा तर्साउने, धम्की दिने र पिट्ने गर्नाले त्यसको परिणाम के हुन सक्छ ? अचाक्ली अपमान सहन नसकेर भोलिका दिनमा डाक्टरहरु भनेको “हरिया डलर” हुन् संसारका जुनकुनै देशमा पनि गएर आफ्नो र आफ्नो परिवार पाल्न सक्छन् । यसरी डाक्टरहरु देशै छाडेर पलायन भए भने डाक्टर विनाको देश कसरी कल्पना गर्न सकिन्छ ? यो कोणबाट हेर्दा आफू बाँच्नको लागि डाक्टरलाई देशभित्रै पाल्ने काम गर्न पर्ने हो कि होइन ?
सबैले सानो ठान्ने गरेको चर्पीको दिसा पिसाब सफा गर्ने मान्छेकै कुरा गरौं । एक जना धनीको घरको सेफ्टी ट्यांकी भरियो । के ती धनी मानिसले भरिएको सेफ्टी ट्यांकी सफा गर्छन् ? सफा गर्न सक्छन् ? सेफ्टी ट्यांकी सफा गर्ने मान्छे चाहियो कि चाहिएन ? नेपालभरिका त्यो खालको काम गर्ने जनशक्ति आजैका मितिदेखी हामी काम गर्दैनौं, आफ्नो सेफ्टी ट्यांकी आफै सफा गर भन्न थाले भने के हुन्छ ? समाज कसरी अगाडि बढ्छ ? धनीको घरमा र बैंकमा थुपारेको हजार र पाँचसयका नोटले तिनका घरको सेफ्टी ट्यांकी सफा गर्ने सम्भावना छ कि छैन ? आफू एक्लै बाँच्ने प्रयास गरेर सेफ्टी ट्यांकी सफा गर्ने व्यक्तिलाई अब बचाउन सहयोग गर्ने कि नगर्ने ? धनीको कारमा पेट्रोल कसले भरिदिन्छ ? गरीब कामदारले । गरिब कामदारको अनुपस्थितिमा पेट्रोलपम्प सञ्चालकले आफै पेट्रोल खन्याउन सक्छ कि सक्दैन ? आज धनीका सवारी साधनमा पेट्रोल भरिरहेका गरीब र कमजोर जनशक्तिलाई नबचाउने र सहयोग नगर्ने हो भने बिना इन्धन कसरी सवारी साधन गुड्न सक्छन् ? यस्ता उदाहरणहरु सयौंसयौं प्रस्तुत गर्न सकिन्छ । मानव जीवनमा हरेक पेशाका अन्य अन्य मानिसको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । कुनै कम र कुनै ज्यादा भन्ने नै हुँदैन । हरेक पेशाका हरेक मान्छे चाहिन्छ । त्यसैले आफू बाँच्नका लागि अरुलाई बचाउनै पर्छ, सहयोग गर्नैपर्छ । आज नेपाली नागरिक समाजका प्रायः अधिकाँश मान्छेहरु एक्लै बाँच्ने अभ्यास गरेको देखिन्छ । यो एक मात्र कारण हो जसले हामी सबका सब नेपालीलाई पोको पारेर दुखको खाडलमा जाक्दै छ । त्यसैले भन्न यतिमात्रै लागिएको छ कि एक्लै बाँच्न सकिँदैन । सुख र शान्तिसँग जीवन यदि बिताउने ईच्छा छ भने अरुलाई बचाउनै पर्छ, आफ्नो मात्रै होइन अरुको पनि हित चिताउनै पर्छ ।