«

»

सुशील कोईरालाका विरुद्ध बिकासको बागी

‘काँग्रेसको टिकटमा पैसाको चलखेल भयो’ 
सुवास पण्डित
भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सभापति सुशील कोइरालाकै विरुद्ध चितवनमा ‘बागी’ उम्मेदवारी परेको छ । कोइरालाका विरुद्ध चितवनकै पूर्व सभापति बिकास कोइरालाले ‘बागी’ उम्मेदवारी दर्ता गरेका हुन् । उनले चितवनको क्षेत्र नं. ३ र ४ बाट स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट भीमबहादुर श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएपछि बिकास असन्तुष्ट बनेका थिए । पहिले बिकासको नाम पार्टीबाट सिफरिस भएपनि रातारात उनको नाममा ‘टिपेक्स’ लगाएर भीमबहादुलाई पार्टीले आधिकारिक उम्मेदवार बनाएको थियो ।
पार्टीबाट असन्तुष्ट भएका बिकासले केन्द्रमा ‘टिकट’ बाँड्दा पैसाको चलखेल भएको दाबी गरेका छन् । बिहीवार ‘बागी’ उम्मेदवारी दर्ता गरेपछि सञ्चारपत्रसँग कुरा गर्दै बिकासले काँग्रेसमा बिचार र नीति तथा प्रजातान्त्रिक मुल्य र मान्यता सकिएको बताए । ‘काग्रेसभित्र अब लोकतन्त्र जीवित छैन, त्यहाँ नेतालाई सुमेरु पर्वत घुमेजस्तै घुम्नेहरुको मात्रै भविष्य छ’ कांग्रेसका बागी उम्मेदवार बिकासले भने । ‘काग्रेसमा बिचारलाई जोगाउनका लागि र निष्ठाको राजनीति छ भन्ने देखाउनका लागि उम्मेदवारी दिएको हँु ।’–उनको भनाई छ ।
नेपाली काँग्रेसको नेतृत्वले आँफूलाई सधै उपेक्षित गरेको र पूर्वाग्रही साँधेको बिकासको भनाई छ । चितवनमा अनवरत रुपमा काँग्रेसलाई बलियो वनाउन लाग्ने कार्यकर्ताको तेजोबध गर्न खोजिएकोमा उनले आक्रोश व्यक्त गरेका छन् । उनले आफूलाई टिकट दिने पक्का भएर पनि अन्तिम समयमा आएर घात भएको जनाउँदै, निष्ठाको राजनीति र बीपीको बिचारलाई जोगाउन उम्मेदवारी दिएको बताएका छन् । कुनै ‘बार्गेनिङ’का लागि उम्मेदवारी नदिएको पनि उनले प्रष्ट पारे ।
नेपाली का“ग्रेस भरतपुर नगरपालिका वडा नंः ६ का बुथ सभापति रमेशप्रसाद अधिकारीमार्फत वारेस पठाएर दिउ“सो ३ बजे बिकास कोइरालाले क्षेत्र नं. ३ र ४ उम्मेदवारी दर्ता गर्न लगाएका थिए । आँफू भरतपुरमै भएर पनि उम्मेदवारी दर्ता गर्न भने उनी स्वयम् उपस्थित भएनन् । क्षेत्र नं.३ मा उनको उम्मेदवारीमा नेपाल तरुण दल चितवनका उपाध्यक्ष राजन ताम्राकार प्रस्तावक र अर्का युवा का“ग्रेसी तुफानजंग रायमाझी समर्थक बसेका छन् । क्षेत्र नं.४ मा नेपाल विद्यार्थी संघ चितवनका उपाध्यक्ष प्रकाश अधिकारी प्रस्तावक र गीतानगरका कृष्णबहादुर भुजेल बिकासका समर्थक बसेका छन् । पार्र्टी सभापति सुशील कोइरालाको समर्थकमा भने गोविन्द सिग्देल र प्रस्तावकमा बिजयराज भूषाल रहेका छन् ।