राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चितवन आएर भोट मागेका छन् । मंसिर ४ मा हुने संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवार केसीले चितवनमा पत्रकार सम्मेलन नै गरेर भोट मागेका हुन् ।
बुटवलमा पार्टीको घोषणापत्र सार्वजनिक गरेपछि उनी बुधबार नै चितवन आएका थिए । देशव्यापी रुपमा संघीयता विरुद्धको अभियान जनतामा पु¥याउ“दै भोट माग्ने उनले बताए । ‘मैले बाग्लुङ क्षेत्र नम्वर– २ बाट दुई पटक सम्म चुनाव जितें’ अध्यक्ष केसीले भने, ‘अब संघीयता विरुद्धको अभियान हिमाल पहाड तराई सबैतिर पु¥याउन समानुपातिक उम्मेदवार बनेको हु“ ।’
जनताले देशको विखण्डन गर्ने संघीयता मान्नेलाई भोट दिन नहुने उनको जिकिर थियो । ‘संघीयताको नाममा जातीय, क्षेत्रीय मुद्धा उठाउन हु“दैन’ उनले भने– ‘एकात्मक भ्रष्ट राज्य प्रणाली कायमै राखेर गरिने संघीयताले देशलाई विखण्डन मात्रै बनाउ“छ ।’
राजमो अध्यक्ष चित्रबहादुर केसीले क्षेत्रीय, जातीय अग्राधिकारको नाममा राज्य विकाउने खेती भइरहेको पनि आरोप लगाए । उनले अखण्ड नेपाल कायम गर्नको लागि आफ्नो पार्टीलाई भोट दिन अनुरोध पनि गरे । ‘जनताले मुद्धा सही तर पार्टी सानो भयो भनेका छन्, उनले थपे– ‘अब तपाईंहरुको भोटले ठूलोे पार्टी बनाएर संघीयताको विरोध गर्न सघाउनेछ ।’
अहिले नै राज्यको पुनर्संरचनाबारे गम्भिर छलफल नगरे अघिल्लो पटकको जस्तै संविधान नलेखिने पनि उनको भनाइ थियो । उनले केही राजनीतिक दलमा जातीय तथा क्षेत्रीय अग्राधिकार सहितको संघीय राज्य बनाउनुहु“दैन भन्ने चेतना पसिसकेको भन्दै अब संघीयता नै खारेजी गर्नुपर्ने पनि बताए । राजमो अध्यक्ष केसीले आफ्नो पार्टीका उम्मेदवार निर्वाचनमा बिजयी भएमा संसदबाटै संघीयता हटाउने प्रतिवद्धता जनाए ।
दलका नेताहरुलाई पहिले नेपाली हु“ भन्ने पहिचान गर्न सुझाउ“दै उनले संघीयता देश सिध्याउने खेल मात्रै भएको दाबी गरे । संघीयता विरुद्धको अभियान चलाउ“दा आफ्नो पार्टीका नेता कार्यकर्ता असुरक्षित भएको पनि केसीले गुनासो गरे । ‘संघीयताको विरोध गर्दा मलाई र हाम्रो पार्टीका नेता कार्यकर्तालाई पटक पटक आक्रमण भएको छ, ज्यान लिने धम्की आएको छ’ राजमो अध्यक्ष केसीले भने– ‘अखण्ड नेपाल कायम गर्नको लागि जस्तोसुकै परिस्थिति आएपनि लड्नेछौं । उनले नेपालमा संघीयता खारेज नभए देशको हालत नाइजेरियाको जस्तो हुनेपनि बताए ।
अहिले गणतन्त्र पनि धरापमा परेको उनको भनाइ थियो । ‘विधीको शासन छैन, भ्रष्टाचारीलाई कारबाही हु“दैन, ज्यानमारालाई नेताहरुले नै बचाउ“छन्’ उनले प्रश्न गरे ‘यस्तो अवस्थामा गणतन्त्रको संरक्षण कसरी हुन सक्छ ?’
राष्ट्रिय जनमोर्चाले सात प्रदेश सहितको भौगोलिक विभाजन आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ । अध्यक्ष केसीले एकात्मक राज्य प्रणाली अन्तर्गत प्रशासनको पुनः संरचना आवश्यक भएको बताए । राजमोको चुनावी घोषणा पत्रमा जातीय रुपमा पछाडि परेका तथा सिमान्तकृत वर्गलाई सूचीकृत गरेर निश्चित समयको लागि अग्राधिकार दिने उल्लेख छ ।