«

»

स्वतन्त्रतापूर्वक अभिमत जाहेर गर्न साहश गरौं

  • मुकुन्द दहाल

यूरिपाईडिसको एउटा लोकप्रीय भनाई छ, ‘सुख शान्तिको रहस्य स्वतन्त्रता हो भने स्वतन्त्रताको रहस्य हो साहश ।’ यस भनाईको अर्थ, उद्देश्य, महत्व र प्रभावलाई बुभ्mन धेरै धेरै मेहनत गर्नुपर्दैन । यसका लागि धेरै समय र धन दौलत खर्चनु पनि पर्दैन । प्रत्येक नागरिकले शुद्ध र शान्त मनले धैर्यतापूर्वक केही समय चिन्तन मनन गरे यसका लागि काफी हुन्छ । तर यसका लागि सकारात्मक, रचनात्मक र सृजनात्मक सोच भने अनिवार्य चाहिन्छ । जुन सोचको श्रोत प्रत्येक व्यक्तिमा हुन्छ । त्यसको पहिचान र प्रयोग गर्ने जाँगर, अलिकति शीप, अलिकति समय र न्यनुतम साधन श्रोत मात्र भए पुगिहाल्छ । रुचीपूर्वक चाहना गर्ने र प्रयास गर्ने हो भने प्रायः प्रत्येक व्यक्तिले यसको व्यवस्थापन गर्न सक्छ ।
तर, व्यक्तिले कसरी सोच्दछ र व्यवहार गर्दछ भन्ने कुरा भन्ने कुरा उस भित्र भएको प्राकृतिक गुणले मात्र होईन सो व्यक्ति जन्मे हुर्केको वातावरण, परिवारिक, सामाजिक, आर्थिक अवस्था आदिमा पनि भरपर्दछ । समाजको वातावरण, परिवेश र परिस्थिति पनि व्यक्तिको सोच, प्रबृत्ति र व्यवहार निर्धारण गर्ने र निर्देशित एवं उत्प्रेरित गर्ने पक्षहरु हुन् । अर्थात व्यक्तिको चेतना र क्षमताको आधारको रुपमा बाह्य पक्ष पनि रहेको हुन्छ आन्तरिक गुणमात्र निर्णायक हुदैन ।
यस सम्बन्धमा दुईवटा दृष्टिकोणहरु छन् । मानवशास्त्रीय दृष्टिकोणबाट हेर्ने हो भने व्यक्तिको व्यक्तित्व निर्माण वा उसको चरित्र निर्माण उस भित्र भएको प्राकृतिक गुणका आधारमा हुन्छ । अर्थात बाह्य पक्ष जस्तै व्यक्ति जन्मे हुर्केको वातावरण, परिवारिक, सामाजिक, आर्थिक अवस्था आदिको भूमिका न्युन हुन्छ भने व्यक्तिमा अन्तर्निहिनत प्राकृतिक गुणको पक्ष वा आन्तरिक पक्षको भूमिका बढी रहन्छ ।
समाजशास्त्रीय दृष्टिकोणबाट हेर्ने हो भने मानवशास्त्रीय दृष्टिकोणको ठीक उल्टो गरी बुभ्mनुपर्ने हुन्छ । जसअनुसार के मान्यता राखिन्छ भने व्यक्तिले कसरी सोच्दछ र व्यवहार गर्दछ भन्ने कुरा व्यक्तिमा अन्तर्निहित गुणका आधारमा नभै उ जन्मेको समाजको वातावरण, परिवेश र परिस्थितिमा भरपर्दछ । व्यक्तिको परिवारिक, सामाजिक, आर्थिक लगायतको अवस्थामा प्रमुखरुपले भरपर्दछ ।
एक वाक्यमा भन्ने हो भने मानवशास्त्रीय दृष्टिकोणले व्यक्तिको चरित्र निर्माण सोही व्यक्तिमा निहित आन्तरिक गुणमा बढी भरपर्दछ भन्दछ भने समाजशास्त्रीय दृष्टिकोणले वाह्य कारणलाई प्रमुखरुपमा जिम्मेवार ठान्दछ । मानवीय गुण, स्वभाव र चरित्रलाई प्रभावित पार्ने पक्षहरु यी दुबै हुन् । आन्तरिक र बाह्य पक्षहरु । मानवशास्त्रीय दृष्तिटकोणले आन्तरिक पक्षको बढी प्रभाव पर्दछ भन्नुको तात्पर्य बाह्य पक्षको कम प्रभाव पर्दछ भन्ने हो । त्यस्तै, समाजशास्त्रीय दृष्टिकोले बाह्य पक्षको बढी बढी प्रभाव पर्दछ भन्नुको तात्पर्य आन्तरिक पक्षको कम प्रभाव पर्दछ भन्नु हो । अर्थात दुबै दृष्टिकोणले दुबै पक्षको भूमिकालाई स्थान दिएको छ फरक कुन पक्षको बढी भुमिका भन्ने मात्र हो ।
समग्रतामा व्यक्तिको व्यक्तित्वको निर्माण वा चरित्र निर्माण आन्तरिक र बाह्य दुबै पक्षको एकीकृत भूमिकाबाट हुन्छ । त्यसैले यस बिषयलाई निरपेक्ष रुपबाट नहेरी यसको सापेक्षतामा हेर्नुपर्दछ । यसको लागि दुई समूहको उदाहरण हेरौं । झमककुमारी र गौतम बुद्ध जस्ता व्यक्तिहरु जसको बाह्य पक्ष कमजोर भएपनि आन्तरिक पक्ष सवल भएको कारण उनीहरुको चरित्र असल साबित भयो र उनीहरुको सकारात्मक व्यक्तित्व वा उदाहरणीय व्यक्तित्व बन्यो । जसका बाह्य पक्ष प्रतिकुल थिए मात्र आन्तरिक पक्ष वा उनीहरुमा अन्तनिर्हित गुणको कारण उनीहरु सफल भए । तर पारश शाह र दीपक मनाडे जस्ता व्यक्तिहरु कुख्यात ठहरिए । त्यसैले व्यक्तिको व्यक्तित्व वा चरित्र निर्माणमा कुन पक्षको भूमिका बढी हुन्छ वा कम हुन्छ भन्ने कुरालाई सापेक्षरुपमा बुभ्mनुपर्ने हुन्छ ।
हुनत माक्र्सवादी दर्शनका आधारमा वा सुक्ष्मरुपमा भन्दा द्धन्द्धात्मक भौतिकवादी दर्शनले कुनै पनि बस्तुको उद्भव, विकास र बिनास उसको आन्तरिक पक्षमा निर्भर हुन्छ भन्छ । अर्थात आन्तरिक पक्षको बढी भूमिका रहेको मान्यता राख्दछ । आन्तरिक पक्ष जस्तो छ उसको अस्तित्व र भूमिका त्यसैअनुसार निर्धारित हुन्छ भन्दछ । आन्तरिक र बाह्य पक्षको भूमिकाको समग्रतानै व्यक्तिको व्यक्तित्व वा चरित्र निर्माणको आधार हो भन्ने कुरामा भने आम सहमती पाईन्छ वा एकमत भएको पाईन्छ । समय, सन्दर्भ परिस्थिति र अवस्थाअनुसार कहिलेकाही आन्तरिक पक्षको बढी भूमिका भएको हुनसक्छ त कहिलेकाही बाह्य पक्षको बढी भूमिका भएको हुन सक्छ । कहिलेकाही त्यस्तो लाग्नसक्छ वा मानिन पनि सक्छ ।
तर एउटा कुरा अकाट्य साँचो हो जव आन्तरिक पक्ष वा आन्तरिक वा अन्तर्निहित गुण प्रधान भएको हुन्छ त्यसैको जगमा गौतम बुद्ध र झमककुमार जस्ता सफल व्यक्तित्वहरु निर्माण भएका छन् र भैरहने छन् । उनको लागि बाह्य वातावरण जतिसुकै प्रतिकुल किन नहोस । त्यसैगरी बाह्य वातावरण जति अनुकुल भएपनि आन्तरिक पक्ष दुर्बल भएका कारण धेरै पारस शाहहरु जन्मिरहने होलान् । जसका लागि बाह्य वातावरण जतिसुकै अनुकुल किन नहोस ।
मान्छेमा जन्मदै खराव चरित्र आउने पक्कै होईन । शुद्ध र पवित्र आत्माका साथ धर्तीमा जन्मने हो । तर त्यहीरुपमा उसलाई विकसित गर्ने जिम्मेवारी पाएका विशेषगरी आमा बाबु र परिवार लगायत संरक्षकको भूमिकामा रहेको कमजोरीका कारण व्यक्तिमा कमजोरी र समस्याहरु थपिदै जाने हो । त्यसको अपजस वा जिम्मेवारी व्यक्तिको हुँदैन उसलाई जन्माउने, हुर्काउने र शिक्षा दिक्षा दिनेको हुन्छ । तर व्यक्ति जव हुर्कदै जान्छ, बाल्य अवस्था पारगर्दै जाँदा उसकै जिम्मेवारी बढ्दै जान्छ र अन्यको भूमिका क्रमशः सहयोगी र वातावरण बनाईदिने मात्र हुन्छ । जब व्यक्ति जवान भै नागरिक समेत हुन्छ त्यसपछिको चरित्र वा व्यक्तित्वको निर्माण गर्ने कुरामा व्यक्ति आफैं जिम्मेवार हुन्छ त्यसको जवाफदेहीता अरुलाई पन्छाउन मिल्दैन । त्यसकालागि व्यक्ति आफैले आफूलाई, आफू रहेको परिवेश, समाज र राष्ट चिनेर सकारात्मक, रचनात्मक र सृजनात्मक भूमिकाको लागि पाईला चाल्नुपर्दछ ।
यसका धेरै आयाम, पक्ष र सन्दर्भहरु सामयिक हुनसक्छन् । एउटै लेखमा सबै पक्षहरुको चर्चा र विश्लेषण गर्न सम्भव हुँदैन । यस लेखमा चर्चा गर्न खोजिएको सन्दर्भ व्यक्तिले वा नागरिकले वा अझ भनौं मतदाता स्वयंले आफूलाई कस्तो चरित्र वा व्यक्तित्वको बनाउन कस्तो भूमिका खेल्ने भन्ने सम्बन्धमा हो ।
यस लेखमा मतदाताले निर्वाचनको बेला ख्याल गर्नुपर्ने पक्षहरु हुन १) निर्वाचनका सन्दर्भमा दल तथा उमेदवारले भनेको कुरा के सत्य हो, के असत्य हो वा आंसिक सत्य हो वा आंसिक असत्य हो सो बारेमा पर्गेल्न प्रयास गर्नुपर्दछ । २) कसले भनेको ठीक वा बेठिक के हो पहिचान गर्नु पर्दछ । ३) जुन कुरा ठीक हो त्यसको पक्षमा लाग्ने र जुनकुरा आफूलाई बेठीक लाग्छ त्यसको खुलेर बिरोध गर्ने वा आलोचना गर्ने आँट गर्नुपर्दछ । ४) आसन्न संबिधान सभा निर्वाचनमा आफूलाई ठीक लागेको दल तथा उमेदवारलाई निर्भयपूर्वक, निडरतापूर्वक वा साहशपूर्वक पक्षपोषण गर्नु, र मतदान गर्नु पर्दछ । हामी नेपालीहरु अझ हामी मतदाताहरुले गम्भिरतापूर्वक सोच्नु आवश्यक छ । प्रत्येक मतदाताले आफ्ना ब्रम्ह्ले ठीक लागेको पार्टी र उमेदवारलाई मतदान गर्ने उसको राजनीतिक अधिकार हो । यस अधिकारमाथि कसैले पनि नाजायज प्रभाव पार्नु हुदैन पार्न खोजेमा त्यसको बिरुद्ध साहशपूर्वक उभिनु पर्दछ ।
एउटा सचेत नागरिकको हिसाबले बिगत दुई दशकर्को अनुभवलाई मुल्यांकन गर्दा केही महत्वपूर्ण राजनीतिक उपलब्धीलाई छोडेर धेरै कुरा नकारात्मक देखिन्छ । त्यसका लागि सबै दल तथा दलभित्रका सबै नेता र कार्यकर्ता उत्तिकै जिम्मेवार छन् भन्न सकिदैन । तर पनि नेताहरु जो नीति निर्माणमा निर्णायक तहमा रहेरपनि आप्mनो पार्टीलाई संस्थागत रुपमा पार्टीगत उपयुक्त संस्कृतिको निर्माण गर्न उनीहरु अक्षम रहे । त्यसै कारण उनीहरुले दलीय सँस्कृति निर्माणमा पनि उपयुक्त संस्कृति निर्माण सकेनन् मात्र हैन गलत सस्कृति निर्माण गरिरहेका छन् । संबिधान सभा निर्वाचनमा ती गलत संस्कृति बिरुद्ध अभिमत जाहेर गर्नुपर्दछ । के ठीक वा के बेठीक भन्ने कुरामा स्पष्टता हाँसिल गरी सही र सत्यको पक्षमा आफूलाई उभ्याई असल नागरिकको परिचय दिन तयार हुनुपर्दछ । त्यसो भएमात्र तुलनात्मक रुपमा सही प्रतिनिधिहरु निर्वाचित भएर जानेछन् र नेतृत्व पनि सँच्चिन बाध्य हुनेछ । नत्र भने हामी जस्ता हाम्रा प्रतिनिधि नेता पनि उस्तै हुनेछन् ।
आजको सन्दर्भमा हामी त्यस्ता उमेद्वारलाई मतदान नगरौं जसले राष्ट्रियता कमजोर पारेका छन् । हामी त्यस्ता उमेदवारलाई पनि मतदान नगरौं जसले नेपाली नेपालीलाई लडाएका छन् । हामी त्यस्ता उमेदवारलाई पनि मतदान नगरौं जसले राष्ट्रको ढुकुटीमा ब्रम्हलुट गरेका छन् । अनि त्यस्ता उमेदवारहरुलाई पनि मतदान नगरौं जो युद्ध अपराधका अभियुक्त ठहरिएका छन् । र, त्यस्ता उमेदवारहरुलाई पनि मतदान नगरौं जसले मनपरीतन्का मतियार भएर देशलाई भाँडतन्त्र र लुटतन्त्रको संस्कृति बसालेका छन् ।
मैले यी माथिका प्रबृतिका उमेदवारहरु जोसुकै हुन, जुन पार्टीका हुन् वा स्वतन्त्र हुन उनीहरुलाई चिनौं । सक्छौं सालिनतापूर्वक त्यस्ता प्रबृत्तिको बिरोध गरौं, सक्दैनौं उनीहरुलाई मनमनै बहिष्कार गरौं । यस निर्वाचनमा उनीहरुलाई मतदान नगरौं । यूरिपाईडिसको एउटा लोकप्रीय भनाई सुख शान्तिको रहस्य स्वतन्त्रता हो भने स्वतन्त्रताको रहस्य हो साहश भन्ने लोकप्रीय भनाईलाई आत्मसात गरौं ।