मधुसूदन दवाडी
‘प्रजातन्त्र’ र ‘लोकतन्त्र’ सुन्दा दुई शब्द भए पनि यी दुई शब्दको अर्थ एकै हुन्छ । नेपालमा दोस्रो जनआन्दोलन अघि प्रजातन्त्र भन्ने शब्द बढी प्रचलनमा थियो भने अहिले लोकतन्त्र भन्ने शब्दले लोकप्रियता पाएको छ । राजतन्त्रलाई हटाएर गणतन्त्र लेख्नुभन्दा बढी देशमा खासै केही हुन सकेको देखिँदैन, उल्टै पछिल्लो समयमा नेपाली जनता झनै बढी निराश बनेका छन् । मतदाता परिचय पत्र बनाउनुमा धेरै नेपालीहरु छुट्नु पनि त्यही निराशाको परिणाम हो । हामीले ल्याएको गणतन्त्र र हामीले चाहेको राज्यको पुनर्संरचना जब संस्थागत हुन्छ तब देशमा ती विषयहरुलाई समावेश गरेर नया“ संविधान लेखिन्छ । अघिल्लो संविधानसभालाई हामीले जुगमा एक चोटी मात्र हुन्छ संविधानसभा भनेर प्रचार प्रसार गरेका थियौँ तर बिडम्बना फेरी पनि हामी संविधानसभाको निर्वाचनमा होमिदै छौँ । विगतको संविधानसभाबाट नया“ संविधान बन्न नसक्नुमा राजनीतिक दलहरु तथा तिनीहरुको नेतृत्व जिम्मेवार त छँदै छन् त्यसको अलावा कुनै न कुनै रुपबाट नेपाली जनता पनि जिम्मेवार देखिन्छन् । नेपाली जनतामा रहेको अज्ञानता र बढी भावनामा बहकिने प्रवृत्तिले गर्दा अघिल्लो संविधानसभामा जनताको मतबाट सही उम्मेदवारहरु छनोट हुन सकेनन् । विभिन्न जातजातिको बाहुल्यता रहेको देशमा हामीले एकल जातीय राज्यको वकालत गर्नेहरुलाई अत्यधिक भोट दिएर पठायौँ ।
कसैले ‘निर्वाचन केन्द्रमा मेसिन फिट गरिएको हुन्छ, कसले कता भोट हालेको छ प्रष्ट देखिन्छ’ भन्दैमा हामी डरायौँ । मूर्ख देखि दैव डराउ“छ भनेझैँ बन्दुक, त्रास, धम्की, युद्धको धम्कीमा हाम्रो ज्ञान, बुद्धि, विवेकले खासै काम गर्न सकेन । तराईका जमिन्दारहरु गरिव, पिछडिएका मधेसी वर्गको उत्थान गर्ने भन्दै अगाडि आए भने पहाडीमूलका कयौँ सामन्ती नेताहरु कम्युनिष्ट तथा साम्यवादको खोल ओढेर श्रमजीवी जनताको हक, हितको लागि भन्दै अत्यधिक मत ल्याएर अघिल्लो संविधानसभामा बिजयी बने । विभिन्न अपराध, हत्या अभियोगमा मुछिएका बबन सिंहदेखि संविधानको ‘स’ पनि नबुझ्नेलाई नेपाली जनताले बहुमुल्य मत दिएर जिताएर पठाए । जसको परिणाम अहिले संक्रमणकाल लम्बिँदै गएको छ भने देश निकै महङ्गो दोस्रो संविधानसभामा होमिँदै छ ।
विश्व प्रसिद्ध दार्शनिक हिरोडोटसले भनेजस्तै ‘प्रजातन्त्र वा लोकतन्त्र त्यो शासन ब्यवस्था हो जहा“ राज्यको सर्वोच्च सत्ता सम्पूर्ण जनतामा निहित हुन्छ ।’ उनले कयौँ वर्ष पहिले भनेको यो भनाइ अहिलेको सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक हुन आउँछ । जब हामीले चुनाव, जनमतसंग्रह वा निर्वाचन जे भने पनि त्यहा“ प्रत्येक मतदाता आफैमा सर्वाेच्च हुन्छन् । उनीहरुले छानेको सही वा गलत व्यक्तिलेनै राज्य चलाउ“छ, देशलाई आवश्यक पर्ने नीति, नियम र योजना बनाउ“छ । नेपालमा भने हरेक निर्वाचनहरुमा नेपाली जनताहरु सही व्यक्ति छान्नबाट चुक्ने गरेका कयौँ दृष्टान्तहरु छन् । जसको कारणले नेपालमा प्रजातान्त्रिक पद्धति फस्टाउन सकेको छैन । कहिले पञ्चायती व्यवस्था त कहिले संकटकालको नाममा अनि कहिले साम्यवादको नाममा अलोकतान्त्रिक विधि वा पद्धतिले स्थान पाइरहेको देखिन्छ । वि.सं. २०४६ सालमा ठूलो त्याग र बलिदानी गरेर नेपाली जनताले प्रजातन्त्रको पूनस्र्थापना गरे तर वि.सं. २०४८ सालमा भएको आमनिर्वाचनमा मल्लिक आयोगले दोषी ठह¥याएका पञ्चायती व्यवस्थाका ‘कुख्यात डन’हरु कमल थापा, सूर्यवाहादुर थापा लगायतका कयौँ शासकहरुलाई अत्यधिक मतकासाथ निर्वाचित गराएर राप्रपालाई तेस्रो शक्ति बनाए । आजसम्म पनि नेपाली राजनीतिमा उनीहरुको शान चलेकै छ । २०४६ पछि २०६३ सम्म नेपालमा प्रजातान्त्रिक व्यवस्था अस्थिर बन्नुमा उनीहरुकै ठूलो दोष रहेको छ । त्यसपछि भएका कयौँ निर्वाचनहरुमा पनि पैसा र बलको भरमा कयाँै भ्रष्ट व्यक्तिहरुले निर्वाचन जितिरहे । राजनीतिक परिस्थिति अनुसार छेपारोजस्तै राजनीतिक रङ बदलिरहने विजयकुमार गच्छदार जस्ता व्यक्तिलाई मधेसका जनताले मधेसको महानायकनै बनाए । व्यक्तिगत स्वार्थ, सत्ता लिप्सा, गुण्डागर्दीकै कारण अघिल्लो संविधानसभामा चौँथो ठूलो शक्तिको रुपमा जनमत प्राप्त गरेको मधेसी जनअधिकार फोरम आज छिन्नभिन्न भएर दर्जनौँ दल भईसकेको छ । तर पनि उनीहरुले मधेसी जनताको नारा जप्न छाडेका छैनन् । अघिल्लो संविधानसभामा देशकै ठूलो दलको रुपमा जनमत प्राप्त गरेको एकिकृत माओवादीमा पनि सत्ता लिप्सा, पैसा तथा पदमुखी प्रवृत्ति झाँङ्गिँदै जाँदा आज माओवादी आफैमा छिन्नभिन्न भएर रहेको छ । माओवादीलाई एकफेर जनताले त हेरे तर उनीहरुले विद्रोहमा रहँदा गरेको बाचा, भनाई र उनीहरुको कार्यशैलीमा तालमेलनै आएन । अबको संविधानसभाको निर्वाचनमा नेपाली जनताले के को आधारमा के सोचेर एकीकृत माओवादीलाई मत दिन्छन् र अन्य दलका पनि कस्ता कस्ता उम्मेदवारले निर्वाचन जित्छन् त्यो भने हेर्न नै बाँकी छ ।
अब देशमा दोस्रो संविधानसभाको निर्वाचन हुन जम्मा जम्मी तीन हप्ता मात्र बा“की छ । सबै दलहरुले प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारहरु चयन गरेका छन् । निर्वाचन आयोगले निर्वाचनको अन्तिम तयारी गर्दैछ भने राजनीतिक दलका उम्मेदवारहरु भोट माग्नको लागि जनताको घर दैलोमा पुग्दैछन् । जनता जतिसुकै निरास, दिक्क भएपनि अबको संविधानसभामा कस्तो उम्मेदवारलाई जिताउने भन्ने जिम्मेवारी नेपाली जनताकै हो । उनीहरुले दिएको मतले नै अब देशको संविधान बन्ने वा नबन्ने र देशको भाग्य तथा भविष्यको फैसला गर्दछ । जनताको पछि कुनै जात, कुनै एक दल वा कुनै एक उम्मेदवार कसको पछि कुद्ने भन्ने मुख्य चुनौती रहेको छ । निर्वाचनमा सबै दलको शत शतप्रतिशत नै योग्य उम्मेदवार छन् भन्न सकिँदैन । कतिपय उम्मेदवारहरु पैसा खुवाएर, सत्ता र भत्ताको लोभले पनि जनताको सामु भोट माग्न आएका छन् । कतिले राजनीतिलाई कहिल्यै सेवानिवृत्त नहुने पेशा सोचेका छन् भने कतिले समाजसेवा तथा जनताको हित सोचेका छन् । कतिपयलाई अबको संविधानसभा निर्वाचनमा जितेर मन्त्री बन्नु छ, टन्न कमाउनु छ र राम्रो घर बनाएर जीवनको सारा इच्छा, आकांक्षाहरु पुरा गर्नुछ । यस्तो अवस्थामा नेपाली जनतालाई सही उम्मेदवार छान्न गाह्रो छ । देशको लागि कस्तो व्यक्ति उपयुक्त हुन्छ भनेर ग्रिकका दार्शनिक प्लेटोले दिएको विचार आज नेपालको सन्दर्भमा त्यत्तिकै उपयुक्त हुन्छ । इशापूर्व ४२६ मा जन्मिएका प्लेटोले लेखेको विश्वविख्यात पुस्तक द रिपब्लिकमा ‘समाजलाई सही ढंगबाट निर्देशित गर्न र सही मार्गमा ल्याउनका लागि त्यहा“को शासक दार्शनिक हुनुपर्दछ’ भनेर ब्याख्या गरेका छन् । हामीलाई अबको संविधानसभामा प्लेटोले भनेजस्तै दार्शनिक व्यक्ति चाहिएको छ जसले जनताको सेवामा समय दिन सकोस् जो कुनै पनि ब्यक्तिगत, दलगत, पारिवारिक स्वार्थबाट टाढा रहोस् । आदर्श नागरिक, नैतिकवान तथा देशप्रति जिम्मेवार व्यक्तिलेनै अवको संविधानसभामा महत्वपूर्ण भूमिका खेल्न सक्छ । जनताको चाहना एकातिर, पार्टी र नेताको प्राथमिकता अर्कोतिर हुन गयो भने फेरी पनि देशमा नया“ संविधान बन्न सक्दैन ।
सार्वभौमसत्ता जनतामा निहित रहने शासन व्यवस्थानै लोकतन्त्र हो । जहा“ जनता राज्यसत्ताको स्रोत मानिन्छन् भने जनतालेनै खुला प्रतिस्पर्धाको माध्यमबाट आफ्नो संविधान लेख्ने प्रतिनिधि छान्न पाउ“छन् । अघिल्लो संविधानसभाले जनताले दिएको संविधान बनाउने म्यान्डेट पुरा गर्न सकेन उल्टै वि.सं. २०६९ जेठ १४ सम्ममा देशको अर्बौं रुपैया“ स्वाहा भयो । कतिपय नेताहरुले संविधान बनाउने नाममा भारतदेखि क्यानडासम्म यात्रा गरे । झाडापखलाको जीवनजल देखि टाउको दुख्दा सिटामोलसम्म खान नपाउने नेपालका जनताहरुको माझमा हेलिकप्टर चढेर जनवादको भाषण दिन कतिपय नेताहरु पुगे । विगतको संविधानसभामा नाटकको र¨मञ्चमा जस्ता विभिन्न ताण्डव नृत्यहरु देखिए । सभासद्हरुलाई कुटपिट गर्नेदेखि लिएर कुर्सी र माइक तोडिने काम भयो । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न संसदमा लिएर गएको ब्रिफकेश फुटाउने र रेडबुक च्यात्ने देखि लिएर रातो पार्सपोर्ट काण्डमा समेत सभासद्हरु मुछिए । नेपालको संविधानसभामा विश्वमा कहिँ नभएको १६ औँ चोटीसम्म लगातार प्रधानमन्त्रीको निर्वाचन भयो । सरकार एक वर्षसम्म पनि टिकेनन् । धेरैजसो नेताहरुले संविधानसभाको अन्तिम लक्ष्यनै सरकार तथा सत्ता प्राप्तिलाई बनाए । यसो हुनुको मुख्य कारण जनताको मतबाट संविधानसभामा प्रवेश नपाउनुपर्नेहरुले प्रवेश पाए र पाउनुपर्नेले जान पाएनन् जुन परिणाम आज देशले भोग्दै छ । देश फेरि २०६४ सालको संविधानसभा निर्वाचन पूर्वको अवस्थामा फर्किएको छ । बीचको लामो राजनीतिक कसरत, बैठक, छलफल तथा सहमति त्यसै खेर गएको छ । त्यसैले अबको संविधानसभामा विधायकहरु छान्ने अन्तिम जिम्मेवारी फेरि नेपाली जनताको हातमा नै गएको छ । अब मतदानको प्रयोग गर्दा युवा, पढेलेखेको, व्यक्तिगत स्वार्थबाट माथि उठ्न सक्ने, कुनै पनि इज्जत तथा व्यक्तित्वमा दाग लागेको निष्कलङकित व्यक्ति छान्न सक्नुपर्दछ तबमात्र जनताको वुद्धिमतापूर्ण निर्णयले र जितेको सही नेतृत्वले मात्र देशलाई जारी संक्रमणकालबाट सकुशल मुक्त गर्न सक्छ ।
dmsudan14@gmail.com