«

»

१ मा ३ दल नै मुख्य प्रतिष्पर्धामा

रत्ननगर, २२ कात्तिक
संविधानसभा सदस्य निर्वाचनका लागि दुई हप्ता भन्दा कम समय बा“की रहँदा चितवनमा चुनावी रौनक बढ्दै गएको छ । प्रत्यक्षतर्फका उम्मेदवारहरु मत माग्न गाउ“ गाउ“ पुगेका छन् । अन्य समयमा सदरमुकाम या राजधानीमा भेटिने उम्मेदवारलाई भेट्न अहिले उनीहरुकै निर्वाचन क्षेत्र पुग्नुपर्छ ।
चितवनका पा“च वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले तिहार पनि चुनावी सरगर्मीमै मनाए । चितवनको क्षेत्र नम्वर १ मा पनि उम्मेदवारहरु मतदाताको घरघरमै पुग्न व्यस्त रहेका छन् । क्षेत्र नम्वर १ मा प्रत्यक्षतर्फ २३ जना उम्मेदवार रहेका छन् । तर, चुनावी प्रतिष्पर्धामा भने मुख्य तीन दलका उम्मेदवार नै अगाडि देखिन्छन् ।
क्षेत्र नम्वर १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डे, नेपाली का“ग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी र एकीकृत नेकपा माओवादीका यमबहादुर परियारबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार लालमणी चौधरी यस क्षेत्रबाट विजयी भएका थिए ।
नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डे एमालेका पोलिटब्यूरो सदस्य पनि हुन् । उनी संविधानसभा सदस्य निर्वाचन २०६४ मा समानुपातिक तर्फका सभासद् थिए । पाण्डे पूर्व अर्थमन्त्री हुन् ।
यो क्षेत्रबाट उम्मेदवार रहेका एकीकृत नेकपा माओवादीका यमबहादुर परियारले तीन दशक भन्दा लामो समय राजनीतिमा बिताएका छन् । उनले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष भएर यस क्षेत्रमा काम गरेका छन् । गत संविधानसभा निर्वाचनमा यस क्षेत्रका एमाओवादी उम्मेदवार दोस्रो स्थानमा रहेका थिए ।
नेपाली का“ग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी व्यवसायी हुन् । बुर्लाकोटी नेपाली का“ग्रेसका महासमिति सदस्य पनि हुन् ।
चितवन निर्वाचन क्षेत्र नम्वर १ मा पूर्वी चितवनका नौ वटा गाविस पर्दछन् । जसमा लोथर, कोराक, पिप्ले, भण्डारा, कठार, विरेन्द्रनगर, खैरहनी, कुमरोज र बछौली रहेका छन् । यस क्षेत्रमा २४ वटा मतदान स्थल र ७४ वटा मतदान केन्द्र रहेका छन् । यहाँ ५४ हजार नौ सय ६३ जना मतदाता रहेका छन् ।
०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा यस क्षेत्रमा ७५ हजार एक सय ३० जना मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । चितवनमा ०६४ को निर्वाचनमा चितवनमा ३ लाख ७९ हजार पाँच सय ८० मतदाता थिए भने अहिले दुई लाख ७३ हजार आठ सय ४० मतदाता छन् ।