भरतपुर
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा सदस्य निर्वाचन २०७० मा आफ्नो पार्टीलाई दुई तिहाई बहुमतले जिताउन जनतास“ग अनुरोध गरेका छन् । एमाओवादी परिवर्तनकामी भएको दाबी गर्दै उनले भने, ‘परिवर्तनको शक्तिलाई दुई तिहाइ बहुमतको आवश्यकता छ ।’
एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीको मेची महाकाली राष्ट्रिय जनजागरण अभियान अन्तर्गत शनिबार भरतपुरमा भएको सभालाई सम्बोधन गर्दै नेपाली का“ग्रेस र एमाले परिवर्तनको पक्षमा नरहेकाले जनताले नपत्याएको जिकिर गरे ।
प्रचण्डको विश्लेषण थियो– ‘ठूलो राजनीतिक परिवर्तन ल्याउने पार्टीलाई जनताले बहुमत दिन्छन् । २००७ साल र २०१७ सालमा नेपाली का“ग्रेसलाई जनताले पत्याएका थिए । त्यसैले जनताले बहुमत दिए । तर, का“ग्रेसले बहुमत जोगाउन सकेन । अन्तत, खोक्रो रुख ढल्यो ।’ उनले भने, ‘२०४६ सालपछि जनताले एमालेलाई हेर्न खोजेपनि एमाले नैतिक रुपले पतित भयो । नीतिगत रुपमा पनि विचलित बन्यो । मदन भण्डारीजस्तो आफ्नै नेतालाई जोगाउन सकेन । अन्ततः एमालेलाई पनि जनताले पत्याएनन् ।’
प्रचण्डले यतिबेला नेपालमा राजनीतिक स्थिरता र पहिचानको नेतृत्व गर्ने शक्ति एमाओवादी मात्रै भएको बताए । भाषणको क्रममा उनले पटक पटक एमाओवादीलाई दुई तिहाई बहुमत दिन अनुरोध गरे ।
उनले एनेकपा माओवादीकै पहलका कारण दोस्रोपटक संविधानसभाको निर्वाचन हुन लागेको पनि बताए । एमाओवादीले त्याग र विवेकको प्रयोग गरेको कारण जनताको चाहना अनुसार संविधानसभाको निर्वाचन हुन लाागेको बताउ“दै उनले भने, ‘यो अवसरलई सफल बनाएर जनताको अपेक्षा अनुसार संविधान दिनको लागि एमाओवादीलाई दुई तिहाई जनमत आवश्यक छ ।’ मंसिर ४ गते हुन लागेको संविधानसभा निर्वाचन देशलाई आर्थिक विकासको नया“ गतिमा पु¥याउने अवसर र चुनौती पनि भएको उनको भनाई थियो ।
पूर्वको मेचीदेखि चितवनसम्म आइपुग्दा जनताले एमाओवादीको पक्षमा मत बनाइसकेको आफुले पाएको उनको भनाई थियो । चितवनका जनता पनि एमाओवादीकै पक्षमा पाएको बताउ“दै उनले थपे, ‘चितवनका जनताले पनि पहिलेभन्दा अझ फरक ढङ्गले पा“चै निर्वाचन क्षेत्रमा बहुमत दिने योजना बनाइसकेको पाए“ । त्यसैले म ढुक्क छु, यसपटक जनताले सघाउ“छन् ।’
सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादीका नेता डा.बाबुराम भट्टराईले संविधानसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याएर मात्रै संविधान बन्ने दावी गरे । उनले अहिलेको संविधानसभा निर्वाचन महाभारतको युद्ध जस्तै अन्याय, असत्य अनि पश्चगामी सोच भएकाहरुको विरुद्ध भएको जिकिर गर्दै भने– ‘जनताको पक्षमा संविधान बनाउने हो भने एमाओवादीलाई जिताउनुको विकल्प छैन ।’
४० वर्षभित्र नेपाललाई विश्वकै धनी राष्ट्र बनाउने सोच एमाओवादीसँग रहेको बताउँदै डा. भट्टराईले भने, ‘एक वर्ष भित्र संविधान निर्माण गर्ने, १५ वर्षमा देशबाट बेरोजगारी अन्त्य गरी सबै युवालाई रोजगारी दिने, १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान गरी देशलाई ४० वर्षभित्र विश्वकै धनी देश बनाउने माओवादीको योजना छ ।’
माओवादीले जे भन्छ त्यही गरेर देखाउने बताउ“दै भट्टराईले मन्तव्यकै क्रममा जनतास“ग भोट माग्दै भने, ‘मौका पाए देश बनाउ“छौ । पूर्ण बहुमत हामीलाई नै दिनुहोस् ।’
कार्यक्रममा एनेकपा माओवादीको तर्फबाट चितवनको पा“चवटै क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरु सहभागी थिए । चितवन क्षेत्र नम्वर ५ का उम्मेदवार अमिक शेरचनको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।
एमाओवादीले शनिबार नै पूर्वी चितवनको पर्सा बजार र टा“डीमा पनि सभा गरेको थियो । पूर्वबाट पश्चिमसम्मको जनजागरणमा निस्किएका एमाओवादी अध्यक्ष सहितका नेता कार्यकर्ताको सहभागितामा सभा अघि पूर्वी चितवनको लोथरदेखि मोटरसाइकल ¥याली निकालिएको थियो । भरतपुरको केन्द्रीय बस टर्मिनलमा सभा सम्पन्न भएपछि नवलपरासीको गैंडाकोटमा पनि एमाओवादीले चुनावी सभा गरेको थियो ।
हामीलाई जनताले मन पराएका छन् ः राई
सञ्चारपत्र सम्वाददाता
भरतपुर, २३ कात्तिक
संघीय समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष अशोक राईले आफ्नो पार्टीको जनभावना अनुरुपको सिद्धान्त र बिचारका कारण चुनावी प्रतिस्पर्धामा जनताको समर्थन र उत्साह पाएको बताएका छन् ।
‘उत्तम र जनभावना अनुरुपको बिचारले जनताले मन पराएका छन्’ उनले भने– ‘संविधान सभाको निर्वाचनपछि हाम्रो पार्टी सशक्त पार्टी बन्छ ।’
नवलपरासीमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न आएका राईले शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नयाँ गठन भएको छोटो समयमा नै पार्टीलाई जनताले रुचाएको दावी गरे ।
२१ औं शताब्दीको आवश्यकता अनुसार पार्टीले जनताको हितको लागि राष्ट्रपतिय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सभासद् मन्त्री बन्न नपाउने प्रणाली तय गरेको उनले बताए । आफ्नो पार्टीले अघि सारेको समावेशी अवधारणा सबै जाति, समुदाय र क्षेत्रगत हिसाबले समावेशी भएको उनको भनाई थियो । पार्टीले उठाएको वैज्ञानिक र व्यवहारिक समावेशी प्रणालीले वर्गीय उत्पीडन र आर्थिक असमानता हटाई जनताको घरदैलौमा न्यायको पहुँच पु¥याउने उनले दावी गरे ।
राईले बाध्यताले आईलागेको संविधानसभाको अर्को निर्वाचनमा नेपालका सबै राजनीतिक पार्टी सहभागी नहुनु चार दलीय उच्च स्तरीय समितिको असफलता भएको टीप्पणी गरे । ‘सहभागी हुनुपर्ने सबै राजनीतिक दल सहभागी भएनन्’ उनले भने– ‘निर्वाचन सहज र उत्साहपूर्ण ढंगले गर्न सरकारलाई ठूलो जिम्मेवारी छ ।’