माओवादी लडाकुलाई सेनामा नभई समाजमा पुनर्स्थापना गर्नुपर्ने + Audio
विनोद भण्डारी/विराटनगर, असार ४ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी लडाकुलाई सेनामा नभई समाजमा पुनर्स्थापना गर्नुपर्ने वताएका छन । आइतवार गृहनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले लडाकुलाई अहिले पनि समाजले स्वीकार गर्न नसकेको भन्दै उनीहरुलाई समाजमा ‘इन्टिग्रेसन’ गरिनु पर्ने बताएका हुन् । ‘सातदलीय सहमतिमा माओवादी लडाकुलाई ‘इन्टिग्रेसन’ गर्ने मात्र भनिएको छ । त्यहाँ सेना वा यो त्यो केहिपनि भनिएको छैन,’ कोइरालाले भने- ‘माओवादीका लडाकुलाई अहिले पनि समाजले हत्यारा भन्ने गरेकाले उनीहरुलाई समाजमा पुनर्स्थापना गरेर घुलमिल गर्ने वातावरण वनाउनु पर्छ ।’ लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गरिए सेनाको अवमूल्यन हुने उनको तर्क थियो । माओवादीले सहमति, सहकार्य र एकतालाई रणनीतिका रुपमा लिएको दोहोर्यादै उनले माओवादीको क्रियाकलाप यस्तै रहे उनीहरु चाँडै पतन हुने दावी गरे । उनले भने -’माओवादीले संसदको गतिरोध अन्त्य गरेपछि उनीहरु सुधि्रए भन्ने लागेको थियो तर अहिले उनीहरुको क्रियाकलाप हेर्दा सुधि्रएका रहेनछन ।’ माओवादीको गलत क्रियाकलाप नियन्त्रण गर्न सरकारले गाउँ गाउँमा चाँडै संयन्त्र वनाउने कोइरालाले जानकारी दिए । माओवादी सरकारमा आएपनि नआएपनि वर्तमान सरकार पुरै अवधि टिक्ने उनको दावी थियो । ‘माओवादी सरकारमा आउने नआउने कुरा म जान्दिन तर यो सरकार निर्वाचन सम्म टिक्छ’- उनले भने । तोकिएको समय भित्रमा नयाँ सविधान बन्नेमा कोइराला निश्चिन्त देखिए ।
माओवादी अध्यक्ष प्रचण्डप्रति आफनो विश्वास टुट्दै गएको कोइरालाले वताए । उनले भने-’प्रचण्ड जी ले धेरै कुरा भनेका छन । तर एउटा पनि कार्यान्वयन गरेका छैनन् । अव म प्रचण्डलाई विश्वास गर्न सक्तिन । प्रचण्ड जी ले अरु राजनीतिक दल र जनतालाई विश्वासमा नलिएसम्म उनका कुराम अब म सुन्दिन ।’
शनिवार झापाको कार्यक्रममा माओवादीले पुर्याएको अवरोध र कालो झण्डाले आफूलाई केही प्रभाव नपारेको कोइरालाको भनाई थियो । प्रजातन्त्रमा कालो झण्डा देखाउन सवैले पाउछ । उनले भने ‘मैले त जुत्ता समेत खाएको छु जाबो कालो झण्डाले केही असर गर्दैन ।’
प्रचण्डको प्रतिज्ञा नक्कली ! माओवादी नेतृत्व प्रभुकै इशारामा
काठमाडौं। कुर्चीका लागि विदेशी प्रभुसामु नझुक्ने भनी प्रधानमन्त्री पदबाट राजीनामा दिएका माओवादीअध्यक्ष प्रचण्ड हाल पुनः कुर्चीका लागि विदेशी प्रभुहरुसामु लम्पसार पर्न थालेका छन्। विदेशी प्रभुहरुको इशारा वा निर्देशनमा चल्दिनँ भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिएका अध्यक्ष प्रचण्ड हाल आफ्ना ती अभिव्यक्तिहरुका विपरीत काम कारबाहीहरु गरिरहेको स्पष्ट देखिन्छ। संसद्को लामो गतिरोध पनि माओवादीले विदेशी प्रभुहरुकै निर्देशनमा अन्त्य गरेको पछिल्ला घटनाक्रमहरुले पुष्टि गरेको छ। [Read the rest of this entry...]
लुटको कालो धनलाइ सेतो वनायो माओवादी
काठमाडौं/धर्मको चर्को विरोध गरेर नथाक्ने माओवादी यतिबेला धर्मकर्ममा जुटेको छ। उनीहरुको यो धार्मिक अनुष्ठानको नाटक कालो धनलाई सेतो बनाउने क्रममा भएको हो। माओवादीलाई धर्मकर्मका लागि सहयोग गर्ने व्यक्ति हुन्, वाचनशिरोमणि स्वर्गीय नारायणप्रसाद पोखरेलका छोरा दीनबन्धु पोखरेल। [Read the rest of this entry...]
सर्वहारा पार्टी माओवादीका नेताहरू राजषी ठाँट !
काठमाडौं। एक सयभन्दा बढी गाडीहरुको भीडले यतिबेला कोटेश्वरवासी अचम्मित बनेका छन्। कहिल्यै यत्रो गाडी हुँदैनथ्यो, तर माओवादीको कार्यालय स्थापना भएपछि कोटेश्वरमा गाडीहरुको भीड एकाएक बढेको छ भने सडकको व्यस्तता पनि दिनानुदिन बढेको छ, कोटेश्वर पेरिस डाँडानजिकका एक स्थानीय बासिन्दाले भने। अहिले माओवादीको केन्द्रीय कार्यसमितिको बैठक हालै खरिद गरिएको कोटेश्व्ारस्थित पेरिसडाँडामा बसिरहेको छ। [Read the rest of this entry...]
के झलनाथ खनालले कारबाही गर्न सक्लान्?
काठमाडौं/संसद्बाट निर्विरोध छानिएको आफ्ना दलको सरकारलाई खुला रुपले ‘समर्थन गर्दिनँ’ भनी सम्बन्धित दलका उपाध्यक्षले नै सार्वजनिक भाषण गर्छन् र तत्काल सरकार चलाउन नसकेर आफैं हटेको कुनै अर्को दल जो यसबेला प्रतिपक्षमा छ, त्यसलाई खुला रुपले समर्थन जनाउँछन् भने त्यो दलले ती पदाधिकारीमाथि के गर्नुपर्छ? एउटै मात्र उत्तर हुन्छ कारबाही। यो प्रसंग हो नेकपा एमालेको। [Read the rest of this entry...]
प्रचण्ड कदमविरुद्ध महाकदम
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अवरुद्ध सदन अस्ति सोमबारदेखि खोल्ने घोषणा गरेपछि पार्टीभित्र असन्तुष्टि उत्पन्न भएको छ। पार्टीको आधिकारिक निकायबाट कुनै छलफल र निर्णय नगरी आत्मगत निर्णय गरेर संसद्को अबरोध हटाउने प्रचण्डको कदमप्रति माओवादीका अधिकांश सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्यहरू आक्रोशित भएका छन् र उनीहरूले केन्द्रीय समितिको बैठकमा आगो ओकल्ने तयारी गरेका छन्। [Read the rest of this entry...]
नेपाली साहित्यकारहरू बने तस्करका भरिया !
हङकङ/ गत जुनको २९ तारिख, चीन सरकारको निमन्त्रणामा चीनको सांस्कृतिक भ्रमणको नाम दिइएको यात्रामा सहभागी भएका नेपाली साहित्यकार, समालोचक, समाजशास्त्री, गायक,–सङ्गीतकारहरू गरी ५८ जनाको जम्बो टोली तिब्बतको ल्हासा, साङ्घाई, ग्वाङझाउ, सेङजेन हुँदै ट्रान्जिट भिसामा हङकङ छिरेका थिए। [Read the rest of this entry...]
सुक्नुभन्दा झुक्नु उचित हुने ठहरसहित किस्ताबन्दीमा पछि हट्दै माओवादी
जयप्रकाश
राष्ट्रपतिको ‘असंवैधानिक’ कदम नसच्चिएसम्म संसद् चल्न नदिने कसम खाएको नेकपा माओवादी नेतृत्व सेनापति प्रकरणपछि तेस्रोपटक अर्को एक कदम पछि हटेको छ। प्रधानसेनापति पदबाट रुक्मांगद कटवाललाई हटाउने निर्णय गर्ने तत्कालिक प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको दृढअडानपश्चात् आफैं पदबाट हट्न बाध्य हुनुभएको थियो। [Read the rest of this entry...]
भान्जाले गर्दा मन्त्रीबीच भाँडभैलो
काठमाडौं। पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरमा कार्यरत डिआइजी शारदाभक्त रन्जितले गत साता राजीनामा दिएपछि रिक्त स्थानमा पठाउनका लागि नेपाल प्रहरीभित्र पूर्वेली र सुदूरपश्चिमेलीबीच ‘महाभारत’ नै भएको रहस्य खुलेको छ। [Read the rest of this entry...]
