केही महिनाअघि थलिएर इन्तु न चिन्तु भएका पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टी (राजपा) का अध्यक्ष सूर्यबहादुर थापाको अहिले स्वास्थ्यमा सुधार आएपछि उनको राजनीतिक सक्रियता बढेको छ । उनी अहिले पशुपति शमशेर राणाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्ने अभियानमा सक्रिय छन् । गाउँ तहबाटै सुरू भएर यी दुई पार्टीको एकता अभियान जिल्ला तहमा आइपुगेको …