update//वैसख ९ भखरै प्राप्त समाचार अनुसार नेपाल विद्यार्थीसंघको केसले हस्तक्षेप गरि मनोनयन गरेका नेपालल विद्यार्थी संघ चितवनका नयाँ अध्यक्ष अरुणेश्वर खनालको मनोनययनलाइ केन्द्रले खारेज गरिदिएको एक विज्ञप्ती मा नेविसंघले जनाएको छ ।
यसै विच नेविसंघ चितवनको अध्यक्षमा केन्द्रले हस्तक्षेप गरि अरुणेश्वर खनाललाइ मनोनयन गरेको नेविसंघले जनाएको छ ।
बैशाख ०६ गते, चितवन–/नेवि सघं चितवनको आज हुने भनिएको २४ औ जिल्ला अधिवेशन स्थगित भएको छ । अधिवेशनमा सहभागिहुने प्रतिनिधी छनौटमा तिव्र विवाद भएपछि, प्रतिनिधी छनौट हुन नसक्दा अधिवेशन स्थगित भएको हो ।
केहि कलेज र क्षेत्रीय समितिमा प्रतिनिधि छनौटमा विवाद भएकाले प्रतिनिधी छनौट गर्न नसकिएका कारण अधिवेशन स्थगित गरिएको नेवि सघं चितवनका अध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो । नेवि सघं जिल्ला कार्य समितिका पदाधिकारी तथा अधिबेशनका लागि बनेको पार्टीको संयन्त्रको बैठकले प्रतिनिधी छनौट विवाद हल गर्ने प्रयास गरेको भए पनि विवाद नसुल्झीएको जोशीले बताउनुभयो ।
हिजो राती अबेर सम्म प्रतिनिधी छनौटमा देखिएको समस्या सुल्झाउन सघंका पदाधिकारी अनि पार्टी संयन्त्र लागि पर्यौ तर पनि विवाद सुल्झीएन जोशिले भन्नुभयो । अधिवेशन प्रतिनिधीको टुङ्गो नलागे सम्म अधिवेशन नगर्नु भन्ने पार्टीको निर्देशन बमोजिम अधिवेशन स्थगित गरिएको अध्यक्ष जोशीले बताउनुभयो । अधिबेशन आगामि बैशाखको १३ गर्ने नेवि सघं चितवनले जनाएको छ । यसैविच नेवि सघं चितवनका केही पदाधिकारीहरुले भने अधिवेशन स्थगीत भएको प्रति असन्तुष्टी जनाएका छन् । नेवि सघं चितवनका उपाध्यक्ष अमृत अधिकारी राजेन्द्र डोटेल, सचिव परमेश्वर खनाल लगायतका १५ जनाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दे अधिबेशन स्गथतिग भएको प्रति असन्तुष्ट जनाएका हुन् । साथै विज्ञप्तीमा संघको अधिबेशन स्थगीत गरि बर्तमान अध्यक्ष्ाँ उत्तम जोशीले आफ्नो कार्यकाल लम्ब्याउने षड्यन्त्र गरेको आरोप लगाईको छ । बैशाख १३ गते गर्ने भन्नेको अधिबेशन प्रति आफुहरुको पुर्णरुपमा असहमति रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।