«

»

आज भारत र इङ्ल्याण्ड भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि आज भारत र इङ्ल्याण्ड भिड्दैछन् । एड्बास्टेनमा हुने खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । विश्वकप विजेता भारत नम्बर एक टोलीको छाप कायमै राख्न चाहन्छ भने घरेलु टोली इङ्ल्याण्ड एकदिवसीयमा पहिलो प्रमुख उपाधि जित्ने प्रयासमा हुनेछ । भारतका ओपनिङ जोडी शिखर धवन र रोहित शर्मा उत्कृष्ट फर्ममा छन् भने देब्रेहाते स्पिनर रवीन्द्र जडेजाको लय उत्कृष्ट छ । इङ्ल्याण्डको ब्याटिङ एलिस्टर कुक, इयान बेल र जोनाथन ट्रटमा निर्धर छ । एण्डरसन, स्टुवार्ड बोर्ड र स्टिभ भारतीय ब्याटिङ ढलाउन योग्य छन् । इङ्ल्याण्ड सन् १९७५, १९७९ र १९९२ को एक दिवसीय विश्पकपको फाइनलमा पराजित भएको थियो । २००४ को च्याम्पियन्स ट्रफीको फाइनलमा पनि टोली वेष्टइण्डिवसँग पराजित भएको थियो । प्रतियोगिताको फाइनल पुग्दासम्म भारतले सबै खेल जितेको छ भने इङ्ल्याण्डले समूह चरणमा श्रीलंकासँग पराजित भएको थियो । तर, एड्बास्टेनमा भएको तीन वटै खेल इङ्ल्याण्डले जितेको छ ।