«

»

अलकायदा नियन्त्रणमा रहेको युरोपेली नागरीक जिवीतै

आतंकवादी संगठन अलकायदाले आफ्नो नियन्त्रणमा रहेको आठ जना युरोपेली नागरीक जिवीतै रहेको जनाएको छ । संगठनको उत्तरी अफ्रीकी शाखाले बक्तब्य जारी गरी सवै वन्दि जिवीतै रहेको र छिट्टै उनिहरुको भिडीयो सार्वजनीक गरिने जनाएको हो । अलकायदाको नियन्त्रणमा रहेको वन्दिमध्ये ५ जना फ्रान्सेली नागरीक रहे पनि अरु कुन देशका हुन भन्ने पुष्टी हुन सकेको छैन । वन्दि वनाइएकाहरुको रिहाइको माग गर्दै उनिहरुका परिवार र आफन्तले फ्रान्समा हिजो प्रदर्शन गरेपछि अलकायदाको प्रतिक्रीया आएको हो । वक्तब्यमा वन्दक वनाईएकाको सुरक्षाप्रति परिवार र अभिभावकलाई आश्वस्त पार्न चाहेको उल्लेख गरेको विविसीले जनाएको छ ।