«

»

नुवाकोटको ओखरपौवा ल्याडफिल्ड साइटबारेमा छलफल

नुवाकोटको ओखरपौवा ल्याडफिल्ड साइट आसपासका बासिन्दाहरुले मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेटघाट गर्दैछन् । विहान ११ बजेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा हुने भेटघाटमा नुवाकोटको ओखरपौवा र धादिङको छत्रेदेउरालीका स्थानीयबासिन्दाको समस्याको बारेमा छलफल हुने नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो । केही समयअघि ओखरपौवा डम्पिङ साइटको आसपासमा झाडापखला फैलिँदा करिब २ सय स्थानीयबासिन्दा बिरामी भएका थिए । अन्तराष्ट्रिय मान्यताअनुसार डम्पिङ साइटमानव बस्तीभन्दा १५ सय मिटर टाढा हुनुपर्ने भए पनि ओखरपौवा र छत्रेदेउरालीमा डम्पिङसाइडको २ सय मिटर आसपासमा मानव बस्ती रहेको छ ।