«

»

उत्तराखण्डमा फसेका नेपालीको उद्धारका लागि पहल गर्न आग्रह

सरकारले भारतको उत्तराखण्डमा फसेका नेपालीको उद्धारका लागि पहल गर्न भारत सरकारसँग विषेश आग्रह गरेको छ । नेपाली दुतावास मार्फत औपचारीक पत्र नै लेखेर उद्धारका लागि आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले बाढीमा फसेका नेपालीहरुको यकिन हुन नसकेको र उद्धारका लागि पहल भइरहेको जानकारी दिनुभयो । एक हजार नेपाली घर फर्केको समाचार आए पनि मन्त्रालयको सम्पर्कमा भने  १ सय ७२ जना मात्रै आइपुगेको थापाले बताउनुभयो । उहाँले परराष्ट्र मन्त्रालयका दुई जना अधिकारी नै उत्तराखण्डमा पुगेको र भारत सरकारको सहयोगमा उद्धारको पहल भइरहेको बताउनुभयो । हेलिकोप्टरबाट समेत उद्धार गर्न कठिनाइ भएकाले धेरै नेपाली अहिले पनि सम्पर्कमा आउन नसकेको उहाँले बताउनुभयो । कञ्चनपुर र रुपहैडीया नाका हुँदै हिजो साँझ १ हजार नेपाली फर्केको समाचार आएको छ ।