«

»

संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दै

लामो समयपछि आज संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ । गठबन्धन भित्रका दलहरु नै छुट्टै मोर्चा बन्दीमा लागेपछि गठबन्धनको सहयात्रा र चुनावसम्मको सहकार्यका विषयमा छलफल गर्न आज बैठक बोलाइएको हो । एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको गठबन्धनमा यसअघिको सरकारमा रहेका दलहरुको सहभागिता छ । सरकारले संविधानसभाको चुनाव घोषणा गरिसकेको अवस्थामा चुनावसम्मको सहकार्य, सामानुपाति सिटसंख्या लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठक दिउँसो १ बजे एकीकृत माओवादी पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बोलाइएको छ ।