शिशिर सिंखडा
जुटपानी÷असार १२
अधिकांश मजदुर अभिभावकका छोरा छोरी अध्ययन गर्ने पूर्वी चितवनको जुटपानी–१ गुराउचौरमा रहेको शिवालय राप्राविमा विद्यार्र्थीहरु भोकभोकै विद्यालय आउने गरेको पाईएको छ ।
विहान वेलुका हातमुख जोर्न मुश्किन पर्ने अभिभावकाका वालवालिकाहरु खानेकुराको अभावका कारण भोकभोकै आउने गरेका हुन । केही अभिभावकहरु अत्यन्तै गरिव भएकाले मागेर विहान वेलुकाको गर्जो टार्ने अभिभावकका छोराछारीहरु भोकै विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक फडिन्द्र लामिछानेले बताउनु भयो । अभिभावकाको विपन्नताले विद्यार्थीलाई विद्यालयमा ल्याउनै मुश्किन छ उहाँले भन्नुभयो शिक्षकहरु खानेकुरा लिएर घरमै गएर विद्यार्थी ल्याउने बाध्यकारी अवस्था रहेको छ ।
अभिभावक बिपन्न र विद्यालयको आर्थिक स्रोत नहुदा पुर्बि चितवनको जुटपानीमा रहेको शिवालय राप्राबीको भौतिक पुर्बाधार निर्माण तथा बालबालिकालाई विद्यालयमा नियमित ल्याउन कठिनाई भएको प्रधानाध्यापक लामिछानेले बताउनुभयो । उहाँले अधिकांश दलित तथा जनजातिका विद्यार्थी भएकाले जनचेतनाको अभावका कारणपनि बालबालिकालाई विद्यालयमा नियमित गर्न कठिनाई भएको बताउनु भयो ।कुमाल ,बोट,े माझी ,दलित समुदायको बाहुल्य रहेको विद्यालयमा ८१ जना विद्यार्थी अध्ययनरत छन् ।
वि.स.२०४५ सालमा स्थापना भएको सो विद्यायालयको सात कोठे भवन जीणर््ँ भईसकेको छ । विद्यालयको सहभागितामा दुई कोठे भवन निर्माणको लागि जिल्ला शिÔा कार्यालय चितवन वाट ७ लाख ५० हजार रुपैया प्राप्त भएपनि साढे १० लाख रुपैया लाग्ने भएकाले भवन समेत अलपत्र हुने भएको छ ।
गरिवीका कारण विहान बेलुका छाक टार्न कठिन यस विद्यायालयका अभिभावकहरुले विद्यायालयमा सहयोग गर्न सक्ने अवस्था नभएको विद्यँलय ब्यवस्थापन समितिका अध्यक्ष नवराज भेटवालले जानकारी दिनु भयो । आम्दानी नहुदा निजी स्रोतका शिÔकलाई समेत तलब खुवाउन समस्या भईरहेको व्यवस्थापन समितिका अध्यÔ भेटवालले जानकारी दिनुभयो ।
सो विद्यायालयमा चार जना दरबन्दीका र १ जना निजी स्रोतका शिक्षक रहेका छन् । अन्य २ जना सहयोगि शिÔिका र १ जना कार्यालय सहयोगि समेत विद्यालयमा कार्यरत रहेको विद्यायालयका प्रधानाध्यापक लामिछानेले बताउनु भयो । गरिव र विपन्न समुदायका विद्यार्थीहरु अध्ययनरत विद्यायालयको भवन निर्माण्ँ एवम् सञ्चालनमा समस्या रहेकोले दातृ निकाय एवम् संघ संस्थाबाट सहयोग अपेक्षा गरिएको विद्यायालयका प्रधानाध्यापक फडिन्द्र लामिछानेले जानकारी दिनु भयो ।
विद्यार्थीलाई नियमित गराउन कापि कलम तथा खाजा समेत उपलब्ध गराउनु पर्ने अवस्था भएपनि केही गर्न नसकिएको विद्यालयका प्रधानअध्यापक फडिन्द्र लामिछानेले बाध्यता सुनाउनु भयो ।