प्रेस काउन्सिलको बर्गिकरणमा चितवनका ३ वटा दैनिक पत्रिकाहरु चितवन पोष्ट दैनिक, कायाकैरन राष्ट्रिय दैनिक र पारदर्शी दैनिक क वर्गमा वर्गिकृत भएका छन् । । लोकतन्त्र सन्देश दैनिक घ मा परेको छ । चलानी द्वैमासिक ख मा परेको छ ।चुरे सन्देश साप्ताहिक क मा परेको छ । चितवन साप्ताहिक ख मा परेको छ । अर्काको नक्कल गरेका जोश साप्ताहिक, चितवन आस्था साप्ताहिक र आक्रमण साप्ताहिक भने बर्गिकरणमा नपरेको प्रेस काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिल नेपालद्वारा आ.व. २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरिएको छ। वर्गीकरणका लागि फाराम भरेका ८१७ वटा पत्रिकाहरु मध्ये ७१० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् भने बांकी १०७ वटा विविध कारणले वर्गीकरणमा समावेश भएका छैनन् । जसमध्ये राष्ट्रिय ‘क’ वर्ग मा ८४, ‘ख’ वर्गमा ९७, ‘ग’ वर्गमा ४५ र ‘घ’ वर्गमा ११ गरी २३७ वटा पत्रपत्रिका वर्गीकृत भएका छन् । क्षेत्रीय ‘क’ वर्ग मा ३०, ‘ख’ वर्गमा ८६, ‘ग’ वर्गमा ९० र ‘घ’ वर्गमा ३४ गरी २४० वटा पत्रपत्रिका क्षेत्रीय वर्गमा वर्गीकृत भएका छन् भने स्थानीय ‘क’ वर्ग मा २१, ‘ख’ वर्गमा ५६, ‘ग’ वर्गमा १०५ र ‘घ’ वर्गमा ५१ गरी २३३ वटा स्थानीय वर्गमा वर्गीकृत भएका छन् ।
स्रोत :http://www.presscouncilnepal.org/files/abcresult6768.pdf