«

»

वस र्दुघटनामा परि ३४ जना घाईते, आठको अवस्था गभ्भिर

राजेन्द्र आचार्य

नवलपरासी । नवलपरासी डण्डा बजार नपजक आज भएको वस र्दुघटनामा परि ३४ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत डण्डा बजारबाट लगभग दुई सय मिटर पर रहेको पथ्थर खोलामा यात्रुबाहक बस खस्दा ३४ यात्रु घाईते भएका छन् भने ८ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्याल कावासोतीले प्रहरीले जनाएको छ । पश्चिम नेपालको भैरहवाबाट काठमाडौ तर्फ आउदै गरेको लु १ ख ५६३० नम्वरको यात्रुबाहक बस पुल संगैको छेकबारमा ठोकिएर खोलामा खसेको कावासोती प्रहरीले वताए । सो पिरित दिशाबाट काठमाडौ वाट नेपालगञ्ज का लागि जादै गरेको ना ४ ख ३ ३८ नम्वरको वस ठक्कर भई खोलामा खसेको प्रहरीले जनाएको छ ।

घाईतेहरु उपचारका कावासोती कालिगण्डकी अस्पताल र केही भरतपुर तर्फ लगिएको छ । घाइते हुनेहरुमा गुल्मीका सुरज ज्ञावाली, नवलपरासीका इन्द्र बाहादुर राना, वुटवलका नारायण कुवंर, कुरिन्टार चितवनका वासु सिल्वाल, रुपन्देहीका हेम वहादुर खडका, अर्घाखाचीका सरस्वती सेमही मगर, कञ्चनपुरका सागर वोगटी ,कपिल्वस्तुकी रेखा भण्डारी, रुपन्देहीका कुञ्जराज श्रेष्ठ, कपिलवस्तु मिनवहादुर राना, वदर्घाट नवलपरासीका निलकण्ठ घिमिरे, नवलपरासीका पावर्ती गिरी र मनोज गिरी वुटवलका नम्रता गुरुङ, नवलपरासीका मनोहर रसाइली र भिखारी शाहा , वुटवलका कृष्ण सुनवार र वुटवलककै सन्देश सापकोटा गम्भिर घाइते भएको प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

वस खोलामा पल्टिएकाले केही यात्रु च्यापीएको पनि अनुमान गरि यतिवेला क्रेनको साहायताले वसलाइ उठाउने तयारी भै रहेको प्रहरीले जनाएको छ ।