एकीकृत नेकपा माओवादीको विस्तारित बैठक आज पनि बस्दैछ । हिजोदेखि ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा आज समूहगत छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम छ । हिजोकै बैठकमा समूह विभाजन गरिएको र आज १२ बजेपछि बस्ने बैठकमा ती समूहहरूले निकालेका निष्कर्ष पेश गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । हिजोको बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी हेडक्वार्टरमा अध्यक्षमात्रै रहने र बाँकी सबै केन्द्रीय सदस्य हुने प्रस्ताव पेश गर्नुभएको थियो । उपाध्यक्षबाट डाक्टर बाबुराम भट्टराइले राजिनामा दिएपछिको अवस्था व्यवस्थापन गर्न यस्तो प्रस्ताव आएको माओवादी स्रोतले जनाएको छ । यसअघि २०६६ साउनमा एकीकृत माओवादी बहुपदीय प्रणालीमा गएको थियो । लगत्तै पार्टीमा गुट उपगुट र पदका लागि हानथाप बढेको थियो । प्रचण्डको प्रस्तावमा उपाध्यक्ष पदबाट राजिनामा दिएका डाक्टर बाबुराम भट्टराईले समर्थन गरे पनि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने असन्तुष्ट रहेको स्रोतले जनाएको छ । यसैबीच, विस्तारित बैठक सुरु हुनुअघि अध्यक्ष प्रचण्डले पार्टीका सल्लाहकारहरुसँग परामर्श गर्ने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । Source: CIN
Find us on Facebook
Advertise with us !!!
« एमालेको केन्द्रीय कमिटीमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
DCnepal com Intraction With Columnist C K Lal, July 15, 2013 »
एकीकृत माओवादीको विस्तारित बैठक आज पनि जारी ।।
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- HTV Countdown with Night Band promo 1 view
- Akhai Pyaro Chha – by Sangita Thapa and Ramji Khand – Lok Dohori Geet 2014 1 view
- नागरिक, अधिकार, कर्तन्य र नागरिक शिक्षा 1 view
- Shiva sena 12 Asar 2070 1 view
- सिकाइ जीवनको लागि कि परीक्षाकोे लागि ? 1 view
- एनआरएन वेल्जियमको राजनीतिक अन्तर्रकृया र यसले उठाएका सवालहरु 1 view
- DCnepal.com – MAHA Jodi in USA 1 view
- पुलिसलाई पनि ‘बेकुफ’ बनायो क्यान्सर प्रशासनले 1 view
- मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता 1 view
- Vetyo Aja Mayalulai UK Gurkha Melaima – Lyrics Hariman Grg, Vocal Ramchandra Kafle & Anjana Grg 1 view