मधेश आन्दोलनको पाँच बर्षपछि फेरि संविधानसभाको दोस्रो चुनाव हुँदैछ । अघिल्लो संविधानसभामा सबैभन्दा धेरै बहस र विवादित बनेको विषय ‘संघीयता’ मधेश आन्दोलनकै कारण अन्तरिम संविधानमा सुनिश्चित भएको थियो । त्यही आन्दोलनले नै संघीयतामा पहिचानलगायतका क्षेत्रीय मुद्दालाइ राष्ट्रिय मुद्दा बनायो । अवको चुनावमा पनि सायद दलहरू त्यही मुद्दा लिएर गाउँ जानेछन् । तर आधा दशकको यो अन्तरालमा मधेशका मुद्दा उही छन् की फेरिए होलान् त? अहिले संविधानसभा चुनावको चर्चा चलिरहदाँ हामी मधेशको मनोविज्ञान बुझ्न राजविराज पुगेका छौं । साझा सवालको यो बहसमा हामीसँग एकीकृत माओवादीका केन्द्रीय सदस्य भरत शाह, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का पूर्वसभासद् तथा पूर्वमन्त्री हेमराज तातेड र स्तम्भकार तथा तराई मुद्दाका जानकार चन्द्रकिशोर हुनुहुन्छ ।