«

»

Sajha Sawal Episode 253: CA Reinstatement or New Election?

Like us on Facebook: https://www.facebook.com/bbcsajhasawal
———————————————————————————————
संविधानसभा विघटन भएको सय दिन भयो । तर अब नयाँ चुनाव या संविधान सभा पुन:स्थापना के गर्ने भन्ने कुरा कसैलाई थाहा छैन । संविधान सभा विघटनपछि दलहरुले कहिले नयाँ चुनावमा जाने, त्यो चुनाव पनि संसदको हुने वा संविधानसभाको हुने भन्ने दुविधा त कहिले संविधान सभा पुन:स्थापना भन्दै साढे ३ महिना बिताए । यस्तो अनिर्णयको बन्दी भएर देश रहन सक्छ? उत्तम विकल्प के होला? साझा सवालको यो बहसमा संवैधानिक कानूनका विज्ञ विपिन अधिकारी, एनेकपा माओवादीका नेता हरिबोल गजुरेल र नेपाली काङग्रेसका नेता भिम बहादुर तामाङ हुनुहुन्छ।