«

»

Episode – 187 Girls Trafficking_Nuwakot Final.f4v

विभिन्न गैरसरकारी स‍स्थाहरुले निकालेको प्रतिवेदनमा नेपालबाट वर्षेनी १५ हजारसम्म नेपाली किशोरी र युवतीहरु भारतीय लगायतका यौन बजारमा वेचिने गरेको तथ्याङ्क छ। चेलिबेटी वेचविखन सम्बन्धी यो साताको साझा सवाल नुवाकोटको त्रिशुलीमा गरिएको छ। नुवाकोटको प्रहरी नायव उपरिक्षक बालकृष्ण थापाले घ्याङफेदी भन्ने गाउँमा १४ वर्षदेखि ३२/३५ वर्षसम्मका कोही किशोरी र युवतीहरु गाउँमा नदेखिएको बताएका छन्।

महिला वेचविखनका कारण र त्यसको अन्त्यका बारेमा गरिएको यो साताको साझा सवालमा आँफै वेचविखनमा परेकी र अहिले गैरसरकारी स‍स्थामा कार्यरत अनु तामाङ, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव गजबहादुर राना र पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक गोविन्द्रप्रसाद थापा अतिथीको रुपमा छन्।