प्रमुख दलहरुबीचको पाँच बुँधे सहमतिपछि संविधानसभाको म्याद तीन महिना थप भएको छ। तीन वर्षसम्म प्रगति नभएको शान्ति प्रकियामा तीन महिनामा के प्रगति होला त? के यसपटक दलहरुले बेलामा संविधान लेख्लान् त। साझा सवालको यो अंकमा हामीले चार दलका नेताहरु, राजनीतिक विश्लेषकसँगै काठमाडौंको बानेश्वरमा भेटिएका केही सर्वसाधारण नागरिकसँग वार्ता गरेका छौं।
यो अंकमा एकिकृत नेकपा माओवादीका नेता देव गुरुङ, नेपाली काँग्रेसका प्रमुख सचेतक लक्ष्मण प्रसाद घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक भिम आचार्य, सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णसँग पाँच बुँदे सहमति र अबको बाटोका विषयमा छलफल गरिएको छ। कार्यक्रममा पाँच बुँदे सहमतिलाई राजनीतिक विश्लेषक सि के लालले विश्लेषण गरेका छन्।