«

»

Episode – 184_with PM JN Khanal.f4v

सरकारले संविधानसभाको म्याद एक वर्ष थप्ने प्रस्ताव संविधानसभामा दर्ता गराए पनि प्रतिपक्ष दलहरु अहिलेसम्म त्यसमा सहमत छैनन्। दुई तिहाई पुर्‍याएर वा सहमति गरेरै संविधानसभाको म्याद थपे पनि थपिएको म्यादभित्र संविधान बन्छ भन्ने पनि कुनै निश्चितता छैन।
माओवादी लडाकुको व्यवस्थापनका विषयमा पनि दलहरुबीच मतान्तर कायमै छ । यस्तो अवस्थामा शान्ति प्रक्रिया टुङ्याउने कस्तो योजना छ त प्रधानमन्त्री झलनाथ खनालसँग ? संविधानसभाको म्याद जतिपटक थपे पनि संविधान लेखिदैंन भन्नेहरुलाई के भन्छन् प्रधानमन्त्री खनाल ?साझा सवालको १८४ औं अंकमा प्रधानमन्त्री झलनाथ खनाल उपस्थित छन्।