स्वास्थ्यमा आम जनताको पहुँच
अन्तरिम संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारका रुपमा राखिएको छ । तर वर्षेनी करिब २ हजार आमाहरुको सुत्केरी हुने वेलामा औषधी उपचार नपाएर मृत्यु हुने गरेको छ । सरकारले आधारभूत स्वास्थ्य सेवा र त्यो उपचारका लागि २ अर्व रुपैयाँ खर्च गर्छ तर गाउँका धेरैजसो स्वास्थ्य केन्द्रहरुमा सिटामोलसम्म पाइदैन अथवा चेकजाँच गर्ने चिकित्सक वा स्वास्थ्यकर्मी भेटिन्नन् । स्वास्थ्य क्षेत्रमा गरिएको खर्चको प्रतिफल किन नआएको होला र ? आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारण जनताको पहुँच कस्तो छ र त्यसलाई सुधार्न के गर्न सकिन्छ ? तत्कालिन मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक मोहमद दाउद र नेपालगञ्ज मेडिकल कलेजका प्रमुख डा.सुरेश कनोडियासँग नेपालगञ्जमा गरिएको वहश ।