पूर्व मन्त्री चिरन्जिवी वाग्ले र नेकपा एमालेका सभासद डिबी कार्कीलाई जरिवानासहित जेल चलान गरेपछि नेपालमा भ्रष्टाचारको मुद्दा फेरि बहसमा आएको छ। राजनीतिक नेताहरु भ्रष्ट भए पनि उम्किन्छन् भन्ने आम धारणामा पछिल्ला घटनाले परिवर्तन गर्ला ? साझा सवालको यो अंकमा भ्रष्टाचार बारेको बहस छ। बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवती काफ्ले, महान्यायाधिवक्ता युवराज सँग्रौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त कृष्णबल्लभ काफ्ले सँलग्न छन्।