«

»

Episode 161 3rd part.f4v

संविधानसभाको थपिएको एक वर्षको म्याद पनि ६ महिनाभन्दा धेरै बित्यो। यसबीचमा संविधान निर्माणका लागि संविधानसभाको बैठक एक पटक पनि बसेको छैन। के तोकिएको मितिमा संविधान बन्ने र शान्ति प्रक्रिया बेलैमा टुंगेला ? राजनीतिको बिबादको चुरो के मा अड्किएको छ ? शान्ति र संविधानमा वा सत्तामा ? राजधानीमा रेकर्ड गरिएको साझा सवालको यो १६१ औं अंकमा तीन प्रमुख दलका नेताहरु नेकपा एमालेका महासचिव इश्वर पोख्रेल, एकिकृत नेकपा माओवादीका सचिव सि पी गजुरले र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय मामिला, संविधान सभा, संसदीय व्यवस्था र संस्कृति मन्त्री मिनेन्द्र रिजाल अतिथी छन्।