नारायणी नदीमा पानीको सतहले खतराको संकेत नाघेको छ । मुहान तथा पहाडी क्षेत्रमा निरन्तर वर्षा भैरहेकाले पानीको सतह निकै बढेको बर्षा मापन केन्द्र देवघाटले जनाएको छ ।
नदीमा अहिले पानीको सतह ९ दशमलब १४ मिटर पुगेको छ । बहाव बढेर गैंडाकोटका विभिन्न क्षेत्रमा पानीको छाल पस्न थालेपछि गैंडाकोट प्रहरीले माईकिङ्ग गरेर सुरक्षित रहन स्थानियलाई आग्रह गरेको छ ।@kalikafm