«

»

Sajha Sawal Episode 299: Bird Flu, Its Impact on Human Health & Poultry Farming

चरा र कुखुरामा हुने बर्ड फ्लु मान्छेमा सर्ने डरले सरकारले राजधानीसहित केहि जिल्लाहरुमा कुखुराको मासु वेचविखन र ओसारपसारमा प्रतिबन्ध लगाएको छ । कुखुराको मासु मात्रै महिनाको करिब ३ अर्व रुपैयाँ बराबर कारोबार हुने कुखुरा पालन व्यवसायको भविष्य के होला? विगत ३ सातामा ठाउँ ठाउँमा बर्ड फ्लु संक्रमणका खवर आएपछि राजधानी र वरिपरि कुखुराको मासु ओसारपसारमै प्रतिवन्ध लाग्यो । वर्षैपिच्छे बर्ड फ्लुको संक्रमण बढ्दै गएको खबरसँगै कुखुरा व्यवसाय नै धरासायी हुने त हैन? साउनपछि सबैभन्दा धेरै बर्ड फ्लु फैलिएको भनिएको जिल्ला भक्तपुरको नजिकै बनेपास्थित नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटमा कुखुरा व्यवसायसँग सम्वन्धित किसान, सरोकारवाला र उपभोक्ताको बीचमा पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. दिनेश प्रसाद पराजुली, पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. विजयकान्त झा र पोल्ट्री महासंघका नारायणहरि खत्री हुनुहुन्छ ।