राजेश घिमिरे
भदौ १४ गते शुक्रवार चितवनको बजारमा सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा बिक्रि भयो । विहीबारको तुलनामा यो १ हजार रुपियाँले कम हो । तर साउनको अन्तिम साता देखि बुधवार सम्म भने सुनको मूल्यमा निरन्तर बृद्धि भएको थियो । मङ्गलबार ६० हजार चार सय रुपैयाँमा बिक्रि भएको सुन बुधबार एकै पटक तीन हजार चार सयले बढेपछि बजारनै उथलपुथल बन्यो । नेपाली बजारमा बुधबारको सुनको मूल्य र त्यसको बृद्धिदर अहिलेसम्मकै उच्च हो । यसले बजारमा सुनको कारोबार ह्वात्तै घट्यो । सुन पसलहरुमा किन्नेको भन्दा बेच्नेको भिड बढ्ने अवस्था आयो ।
नेपालमा सुनको मूल्यमा उतारचढाव आउनु कुनै नौलो बिषय भने होइन । छिमेकी अर्थतन्त्रको चेपुवामा परेका मूलुकमा यसलाई समान्यरुपमा लिने गरिन्छ । सामान्यतया नेपाली बजारमा सुनको मूल्य डलर र पेट्रोलियम पदार्थले निर्धारण गर्छ । अमेरिकी डलर बलियो भएर मूल्य बढ्दा सुनको मूल्य घट्ने र पेट्रोलियम पदार्थको मूल्य बढ्दा सुनको मूल्य बढ्ने चलन छ । तर, नेपाली बजारमा बेला बखतमा अमेरिकी डलरस“गै सुनको मूल्य पनि उकालो लाग्ने गर्छ ।
शक्तिशाली दूई देशको चेपुवामा परेको कमजोर अर्थतन्त्र र भारतस“गको स्थिर विनिमयका कारण डलरको बृद्धिस“गै ओरालो लाग्नुपर्ने सुनको मूल्य नेपालमा भने उकालो लागेको हो । भारत र चीन जस्ता ठुला देशले आर्थिक सुरÔाका लागि सुन किनेर राखेका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । बजारमा देखिएको अभावले सुनको मूल्य बढेका कारण डलर बलियो बन्दा सुनको मूल्य घट्छ भन्ने मान्यता गलत जस्तो देखिएको बिज्ञहरु बताउ“छन् । भारतीय मुद्रास“ग स्थिर विनिमय दर(भारतीय १०० रुपैया“ बराबर नेपाली १६० रुपैया“) निर्धारण गरिएका कारण भारु घट्दा नेपाली रुपैया“ स्वतः घट्ने गर्छ । यसो हु“दा भारतमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढ्ने गर्छ । यसको अर्थ भारतस“को विनियम दर स्थिर नभएको अवस्थामा नेपालको अर्थतन्त्र मजबुद हुन सक्यो भने डलरको मूल्य बढ्दा मुलुकलाई फाइदा हुन्छ ।
केही समयअगाडि साइप्रसले ठूलो परिमाणमा सुन बिक्री गर्दा आपूर्ति बढी भएका कारण सुनको मूल्य केही घटेको थियो । सुनको मूल्य स्वभाविक बृद्धि र अमेरिकी डलरस“ग भारतीय मुद्रा अस्वभाविक रुपमा कमजोर हु“दा नेपाली बजारमा ठूलो मात्रामा मूल्य बृद्धि भएको हो । विश्व बजारमा हुने सुनको खपतमध्ये भारतले कुल बजारको करिब २० प्रतिशत बजार हिस्सा ओगट्ने गरेको छ । भारतीय मुद्रास“ग नेपाली मुद्राको विनिमय दर स्थिर रहेका कारण भारतीय मुद्रा कमजोर ह“ुदा नेपालमा अमेरिकी डलरको मूल्य अकासिएको हो । भारतीय अर्थतन्त्रमा संरचनागत समस्या र केही संकुचनका कारण अमेरिकी डलरस“ग भारतीय मुद्रा कमजोर भएको पाइन्छ । तर, भारतको निर्यात व्यापारको अंश पनि ठूलो भएको र नेपालको अर्थतन्त्र पूर्ण रुपमा आयातमुखी भएका कारण नेपाललाई ठूलो नोक्सानी परेको अर्थशास्त्रीहरुको तर्क छ ।
राइजिङ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत डा. खेम राज भेटुवाल उत्पादन क्षेत्रमा लगानी बृद्धि गर्दै निर्यात बढाउन नसक्दा सम्म नेपाल छिमेकी राष्ट्रहरुको चेपुवामा परिरहने बताउँछन् । भारतस“गको स्थिर विनिमय दरका कारण त्यहा“ परेको प्रभाव स्वतः नेपालमा पर्ने भएपनि स्थिर विनियम दर हटाउनु समस्याको समाधान भने नभएको उनको तर्क छ । अहिले बजारमा सुनको अभाव नेपालमा मात्र नभइ विश्वभर रहेका कारण तत्कालको अभावको बिषयलाई लिएर भारतस“गको विनिमय दरमा फेरबदल गर्नु मुलुकका लागि घातक हुनसक्ने उनको भनाई छ । नेपालका बैंकहरुलाई उत्पादनमूखि क्षेत्रमा २० प्रतिशत लगानी गर्न हम्मे हुने अवस्था रहेको भन्दै भेटुवालले भने– ‘बैंकहरुले नचाह“दा नचाह“दै पनि लगानी घरजग्गामै केन्द्रित छ ।’ विद्युत्, कृषिलगायतका क्षेत्रमा ठुलो लगानीको वातावरण नभएपछि नेपाली पैसा अनौपचारिकरुपमा विदेशिने क्रम बढेको भन्दै उनले स्वदेशमा ढुक्कस“ग लगानी गर्न सक्ने वातावरण नबन्दा सम्म देशको अर्थतन्त्र कमजोरनै रहने र यसको प्रभावस्वरुप छिमेकि मुलुकको अर्थतन्त्रको नकरात्मक असर पनि यहा“ पर्ने बताए । ‘सुनको मूल्यमा दैनिकजसो ठुलो रकमले तलमाथि हुनुको मुख्य कारण भारत नभइ नेपाल नै हो’, उनले भने– ‘आफु बलियो भएपछि मात्र अरुलाई दोष दिने र नीति परिवर्तन गर्ने हो ।’ उनका अनुसार अहिलेको अवस्थामा नेपाली बजारमा जारी उतारचढाव नियन्त्रणका लागि भारतको अर्थतन्त्रमा सुधार होस् भनेर कामना गर्न मात्र सकिन्छ ।
नेपाल सुनचा“दी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष अर्जुन रसाइली भने नेपालको सुन बजारको उतारचढाव नियन्त्रणका लागि सरकारी ढुकुटीमा रहेको केहि सुन झिक्नुपर्ने बताउँछन् । ‘करिब एक सय टन सुन सरकारी ढुकुटीमा थन्किएको छ, यसमध्ये केहि झिकेर भनेपनि बजारको माग पुरा गर्न सक्नुपर्छ’ उनले भने– ‘अहिलेको अवस्था जारी रहने हो भने सुन पसल बन्द गरे हुन्छ ।’ बैंकहरुले धितोका रुपमा राखेका सुन मात्र झिक्ने हो भने पनि नेपालमा ५० बर्षका लागि सुनको अभाव नहुने उनको तर्क छ । चाडवाडको समयमा सुनमा देखिएको उतारचढावले व्यवसायी मारमा परेका उनले बताए । ‘यो अवस्था अन्त्य गर्न सरकारले अग्रसरता नदेखाए देशभरको व्यवसाय चौपटक हुने खतरा छ’ उनले भने । सुन व्यवसायीहरुले अहिले सम्म कालोबजारबाट आएको सुनले उपभोक्ताको माग पुरा गरिरहेको स्विकार गर्दै उनले कालोबजार नियन्त्रणका लागि पनि सरकारले आवश्यक सुन उपलब्ध गराउनुपर्ने बताए । व्यवसायीहरुले कालोबजारबाट सुन खरिद गरेको सार्वजनिक स्विकार गर्दा पनि प्रशासन भने निरीह बनिरहेको छ । ‘कि सरकारले माग पुरा गर्नुप¥यो, कि जताबाट सुन आएपनि छुट दिनुप¥यो’ रसाइलीले भने– ‘आफु पनि नदिने, अन्यत्रबाट ल्याउन पनि नदिने भनेको पसल बन्द गर भनेको सरह हो ।’ बैधानिकरुपमा आयातित सुन केहि व्यक्तिको नियन्त्रणमा रहेको र राज्यसत्ताकै पहु“चवाला व्यक्तिहरुको संलग्नतामा सुनको कालोबजार फस्टाएको उनको दाबी छ । चितवनमा दैनिक दुई किलो सुनको माग छ । तर सरकारले यहा“ हप्तामा दुई किलो मात्र सुन उपलब्ध गराउ“छ । अपुग सुन कालोबजारबाटै खरिद गर्न व्यवसायी बाध्य भएको रसाइलीको दाबी छ ।
राइजिङ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत भेटुवाल भने ढुकुटीको सुन झिक्नु पनि समस्याको समाधान नहुने बताउँछन् । ‘राजनीतिक अस्थिरता अन्त्य गरेर अर्थतन्त्र मजबुद बनाउनु नै बजार समस्या समाधानको उपयुक्त उपाय हो’ उनले भने– ‘तत्कालिन समस्या समाधानका लागि दीर्घकालिनरुपमा असर गर्ने खालका निर्णय गर्नु हु“दैन ।’ बैधानिकरुपमा आयात भएको सुन आवश्यक परेकै व्यक्तिलाई बेच्ने हो भने अभाव नहरेको भन्दै उनले सुनलाई पैसा सरह लिएर थन्क्याउने चलन बढेका कारण समस्या भएको बताए । ‘थन्किएको सुन बाहिर ल्याउन देशमा लगानी मैत्री वातावरण आवश्यक छ’ भेटुवालले भने– ‘लगानीको वातावरण भयो भने थन्किएका सुन, पैसा सबै बाहिर आउ“छन्, जसको सकारात्मक प्रभाव बजारमा देखिनेछ ।’ लगानीकर्ता उत्पादनमूलक क्षेत्रमा नभई सुनतिर आकर्Èित भएपछि मूल्य बृद्धि स्वभाविकरुपमै हुने उनको भनाई छ ।
अर्थविदहरु नेपालको मुद्रा कमजोर भएकै कारण सुन र डलरको सकारात्मक सम्बन्ध देखिएको बताउ“छन् । माग र आपूर्तिमा मूल्य निर्धारण हुने भए पनि नेपालमा मागभन्दा बढी आयात भएको र नेपाल भित्रिएको सुन नेपालमा प्रयोग नभएर भारतलगायत देशमा पुगेको उनीहरुको बुझाई छ । त्यसैले डलर र सुनको समिकरण घरेलु बजारमा दिगो नहुने भेटुवाल बताउँछन् ।
पछिल्लो एक महिनामा सुन तोलाको ५१ हजार दुई सयबाट ६३ हजार आठ सय रुपैया“ पुगेको छ । अमेरिकी डलर यसै अवधिमा ९४ दशमलव ७० बाट एक सय छ रुपैया“ पुगेको छ । डलर कमजोर हु“दा गत १० असारमा भने नेपालमा सुनको मूल्य घटेर प्रतितोला ४८ हजार एक सय रुपैया“ कायम भएको थियो ।
प्रशासनको कडाईले व्यापार घट्यो
चितवनका सुनचा“दी व्यवसायीहरुले चाडपर्वलाई मध्यनजर गरेर प्रशासनले गरेको कडाईको प्रत्यक्ष असर व्यवसायमा परेको बताएका छन् । बु्रनाई सुनचा“दी पसल नारायणगढका सञ्चालक समेत रहेका नेपाल सुनचा“दी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाइलीले तीजमा कार्यक्रमहरु सञ्चालन गर्नमै प्रशासनले कडाई गरेपछि सुनचा“दीको व्यापार घटेको बताए । ‘तीज देखि तिहार सम्मको समय सुनचा“दी व्यवसायको सिजन हो’ उनले भने– ‘तर प्रशासनले कार्यक्रमहरु गर्नै नदिएपछि सुन किन्नेको संख्या घट्यो ।’ सुन पसलमा किन्ने भन्दा पुरानो सुन बेच्नेको संख्या बढ्न थालेको जानकारी उनले दिए ।