«

»

कारबाहीमा सत्ताइस तालिवानको मृत्यु

   काबुल, १९ भदौं । अफगानिस्तानमा नेटो सैनिक र त्यहाँका सुरक्षा निकायले तालिवानविरुद्ध गरेको कारबाहीमा बुधबार बिहान २७ तालिवानको मृत्यु भएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा कार्यरत नेटो सैनिक, त्यहाँको राष्ट्रिय प्रहरी, सैनिकलगायतका सुरक्षा निकायले तालिवानविरुद्ध गरेको सामुहिक कारबाहीका क्रममा ती तालिवान आतङ्ककारी मारिएको बताइएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले नेटोसहितका सुरक्षा निकायले गरेको कारबाहीको क्रममा २७ तालिवान सशस्त्र लडाकूको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

संयुक्त सेना र गुप्तचर निकायका सदस्यको समेत सहभागी रहेको यो कारबाही अफगानिस्तानका नुरिस्तान, बाघलान, कान्दाहार, कुन्दुज, वार्दाक र हेलमान्ड प्रान्तमा गरिएको थियो ।  

यस कारबाहीको क्रममा १० तालिवानी आतङ्ककारी घाइते हुनको साथै अन्य सात पक्राउ परेको बताइएको छ । उनीहरुबाट केही हातहतियार पनि बरामद गरिएको बताइएको छ ।

उक्त कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहति नभएको र संयुक्त सेनाले विभिन्न हातहतियार कब्जा गरेको पनि उल्लेख गरिएको छ ।

अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध सेनाले तालिवानी लडाकुविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् ।

अफगानिस्तानमा रहेका विभिन्न पश्चिमा राष्ट्र संरक्षित नेटो सैनिकहरु पनि सन् २०१४ को अन्त्यदेखि फिर्ता गरिसक्ने घोषणा यसअघि नै सबै देशले गरिसकेका छन् । रासस÷सिन्ह्वा