कराँची १९ भदौ । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा बुधबार भएको गोली प्रहारमा पाकिस्तानी नौसेनाका एकजना अधिकारीको मृत्यु भएको छ । यस घटना उनकी श्रीमतीसमेत घाइते भएको समाचारमा उल्लेख छ ।
कराँची सहरको पूर्वी जिल्लामा अवस्थित एक क्रिकेट स्टेडियम नजिकै ती सैनिक दम्पतीलाई गोली प्रहार गरिएको समाचारमा उल्लेख छ ।
मोटरसाइकलमा आएका दुई बन्दुकधारीले उनीहरुलाई गोली प्रहार गरेको समाचारमा उल्लेख छ । सो स्थानमा केही समयअघि पनि एकजना सैनिकलाई गोली हानी हत्या गरिएको थियो ।
यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन् । पाकिस्तानको ठूलो सहर कराँचीमा इस्लामिक आतङ्ककारीहरुले गरेको विभिन्न अपराधबाट सयौँ व्यक्तिको ज्यान जाने गरेको जनाइएको छ । रासस÷एएफपी