ओसाका (जापान), १९ भदौ । पश्चिमी जापानमा भिषण आँधीपछिको बाढी र पहिरोको कारण सातहजार भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सर्ने तयारी गरिएको छ ।
भिषण आँधी पछिको बाढी र पहिरोको डरले ती व्यक्तिहरुलाई सुरक्षित स्थानमा सर्न सरकारी अधिकारीहरुले सल्लाह दिएको बताइएको छ । उक्त जानकारी स्थानीय अधिकारीहरुले दिएका छन् ।
बुधबार बिहान करिब सात हजार व्यक्तिलाई आँधी प्रभावित पश्चिमी जापानको इहिमे, तोत्तोरी योकोहामा र सिमानेप्रान्तबाट विस्थापित हुनको लागि सल्लाह दिइएको जनाइएको छ ।
जापानको पश्चिमी भागमा पर्ने इहिमे, सिकोकु द्वीप र ह्योगो सोमबारदेखि वर्षाले सताएको समाचारमा उल्लेख छ । जापानमा हालैका दिनमा वर्षा र आँधीले लगातार सताइरहेको छ । रासस÷सिन्ह्वा