«

»

पत्रकार धम्कीबारे पत्रकार मञ्चको आपत्ती

सञ्चारपत्र सम्वाददाता
रत्ननगर २२ भदौ ।
पूर्वी चितवन पत्रकार मञ्च रत्ननगरले आज एक विज्ञप्ती जारी गरि चितवनका क्रियाशित पत्रकार तथा सञ्चारपत्र दैनिकका प्रकाशक÷सम्पादक हरिप्रसाद पोखरेललाई लेख्दै नलेखेको समाचारको विषयलाई लिएर केही व्यक्तिहरुले ज्यान लिने धम्की दिएको घटनाप्रति मञ्चको गम्भीर ध्यानार्कषण भएको  जनाएको छ ।
अध्यक्ष होमनाथ सापकोटाद्वारा जारी विज्ञप्तीमा पत्रकार पोखरेलले लेख्दै नलेखेको समाचारका विषयमा धम्की आएको मञ्चले जनाएको छ । गत मंगलवार दृष्टि साप्ताहिकमा प्रकाशित ‘गुण्डागर्दीको हव बन्दै चितवन’ विषयक समाचारलाई लिएर पटक पटक धम्की आउनु आफैमा निन्दनीय भएको उल्लेख गरिएको छ  ।
आफुले नलेखेको समाचारका विषयमा जानकारी समेत नभएको पत्रकार पोखरेलले बताउदा समेत ज्यान मार्ने धम्की आउनुले पत्रकारहरु कति असुरक्षित छन् भन्ने यस घटनाले पुष्टी गर्दछ विज्ञप्तीमा भनिएको छ  । प्रकाशित समाचारको विषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जान सक्ने बाटो हुदाहुदै व्यक्तिलाई धम्क्याउनु कानुनी राज्यको उपहास गरेको मञ्चको ठहर रहेको बताईएको छ । पत्रकार पोखरेललाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरि कारवाही र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन मञ्चले प्रशासनसंग जोडदार माग गरेको छ ।