सञ्चारपत्र सम्वाददाता
भरतपुर २२ भदौ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनको आयोजनामा इन्सेकद्वारा हरेक वर्ष प्रकाशन गरिने मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममामा इन्सेक जिल्ला प्रतिनिधि सावित्री सापकोटाले इन्सेक वर्ष पुस्तकको लागि तयार पारिएको अर्धवार्षिक मस्यौदामा छुट भएका वा अपूर्ण भएका जानकारीलाई पुर्णता दिन र पुस्तकलाई प्रभावकारी बनाउनको लागी सरोकारवालाहरुको सुझाव लिने उद्देश्यले पूर्व समीक्षा गोष्ठि आयोजना गरिएको बताइन् ।
इन्सेकद्धारा हरेक वर्ष प्रकाशन गरिदै आएको नेपाल मानवअधिकार वर्ष पुस्तकले जिल्ला, क्षेत्र तथा राष्ट्र«मा मात्रै नभएर अन्तराष्ट्रिय रुपमा नेपालको समग्र मानवअधिकारको स्थितिलाई झल्काउने भएकोले सो पुस्तक महत्वपूर्ण रहेको कार्यक्रमका सहभागिहरुले बताए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य यमबहादुर परियार, नेकपा मालेका सचिव तबहादुर बिश्वकर्मा, राप्रपाका जिल्ला सदस्य बिष्णु बिक सेन्चुरी, राप्रपा नेपालका सह–कोषाध्यक्ष सोमबहादुर सिंजाली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुर्य श्रेष्ठ, सेतो गुराँस बाल बिकास सेवाकी सचिव शान्ति अधिकारीले वर्ष पुस्तकको अर्धवार्षिक अभिलेखका लागि समीक्षा गरेका थिए ।
कार्यक्रममा इन्सेक चितवन जिल्ला प्रतिनिधि साबित्री सापकोटाले ०६९ पुस १७ गतेदेखि ०७० असार मसान्तसम्मको अवधिमा बिभिन्न पक्षबाट भएका मानवअधिकार हनन, ज्यादती तथा उल्लङ्घनका घट्नाको बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेकी हुन् । प्रतिवेदनमा गैरराज्य पक्षबाट अपहरण २, कुटपिट ६, बालअधिकार ७, अमानवीय ब्यवहार ३, घाइते ६, हत्या ४, महिला अधिकार ७३ गरी जम्मा १०१ घटनाको विवरण उल्लेख गरिएको थियो । सहभागीहरुबाट उठेका जिज्ञासाहरुको बारेमा इन्सेक चितवन जिल्ला प्रतिनिधिले सापकोटाले प्रष्ट्याएका थिइन् ।
मानवअधिकार संजाल चितवनका संयोजक बिश्व ओझाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका नासु मुरारी कृष्ण पौडेल, जिल्ला बार एशोसियसनका प्रतिनिधि तिर्थ पोखरेल, जिल्ला विकास समितिका नासु बिष्णु कुमार श्रेष्ठ, नेपाल विद्यार्थी संघका प्रवक्ता दिपक दवाडी लगायतले सुझाब राखेका थिए ।