गुरुप्रसाद न्यौपाने ‘सुशील’
आज हाम्रो स्वागत छ तीजको गीत गाएर
देवघाटको विकास गरौं सबै मिलेर
देवगणको राजधानी देवघाट मुटु हो
न त जाडो न त गर्मी यही ठाउँ हो
दान धर्म पुण्य गर्न मान्छे आउँछन् हजार
यो क्षेत्रको वर्णन गर्न कसले सक्छ र ?
त्रिशुली र सेती काली मिल्छिन् देवघाटमा
वेनी सङ्गम नाम रह्यो यही भूमीमा
स्वदेशी विदेशीको मन साह्रै लोभिन्छ
जसलाई पनि एक पटक घुम्न मन लाग्छ
चितवन र तनहुँको दोसाँधमा छ देवघाट
अघि बढौं विकास गर्न मिलाउँ हातमा हात
सरकारका निकायलाई यो सुझाव दिंदैछौं
पर्यटकलाई बोलाउन गीत गाउँदै लेख्दैछौं
चारैतिर हरियाली वन जङ्गल सुन्दर
वन जङ्गल जोगाएमा के पो हुन्न र ?
दर्जनौं छन् आश्रमहरु कुटी मठ–मन्दिर
दृद्धदृद्धा बसिराख्छन् दिन गनेर
अति धेरै गुनासा छन् देवघाटवासीका
जीर्ण पुलमा यात्रा गर्न विवस भएका
लौन सरकार कुरा सुन देवघाटका जनताको
गरीब दुःखी जनताको कल्याण गर्न हो
सबै जातका मानिस बस्छन् देवघाटमा
आफ्ना आफ्ना रितीरिवाज मान्छन् घरमा
न त जाडो न त गर्मी शित्तल देवघाट यो
पहाड मधेश तराईको सङ्गम तट यो
तीर्थ गर्न लाखौं मानिस आउँछन् दूरबाट
सुतेकालाई उठ भन्छ हाम्रो देवघाट