कञ्चन सापकोटा
भृकुटी बोडिड्ड स्कुल, बेलचोक–४ चितवन
नेपाली साँस्कृतिक वैभवहरुले धनाढ्य मुलुक हो । नेपाली साँस्कृतिको जीवन्त प्रतीक बनेर रहेको थुप्रै चाडपर्वहरु मध्ये भाद्रशुक्ल पक्षको तृतीयाका दिन मनाइने तीज पर्व पनि एक महत्वपूर्ण चाड हो । प्रायः विवाहित र सधवा नारीहरुले आफ्नो सौभाग्य र समृद्धिको कामना गर्दै धुमधामसँग मनाउने यो चाड विशेषत नारीहरुकै पर्व हो । नेपाली हिन्दू नारीहरु पतिपरायण आदर्शलाई प्रस्तुत गर्ने र उनीहरुको धर्म प्रतिको अटुट आस्था र अविरल विश्वासलाई प्रतिविम्बित गर्ने तीज पर्वको निकै ठूलो महत्व रहेको पाइन्छ । आफ्ना पतिको सु–स्वास्थ्य र दीर्घयायुलाई नै आफ्नो सौभाग्य र समृृद्धिसँग अभिन्न राखेर त्यसैका लागि उपवास बसी व्रत गर्दै शिवपार्वतीको पूजा अर्चना गरी नाचगान पनि गरिने यस पर्वको निकै विशिष्ट महत्व रहेको पाइन्छ ।
तीज पर्व मनाउनका लागि नारीहरुले तीजको व्रत बस्ने भन्दा अघिल्लो दिन देखि नै भव्य रुपमा तयारी गर्ने प्रचलन छ । तीजको अघिल्लो दिन अर्थात् भाद्र शुक्ल द्धितीयाको दिन राती सम्म बसेर महिलाहरुले अनेक किसिमका मिठा–मिठा खानेकुरा खाने गर्दछन् भोलि पल्ट तीजको व्रत बस्ने पर्ने र भव्य रुपमा नाचगान र भजन कृतनमा व्यस्त रहनु पर्ने भएकैले अघिल्लो दिन राती सम्म मिठा–मिठा खानेकुरा खानुलाई दर खाने भनिन्छ । राती अबेर सम्म दर खाइसके पछि अर्को दिन बिहानै उठेर नुहाइदुहाइ गरी व्रत बसेका नारीहरुले शिवपार्वतीको विधिवत पूजा अर्चना गर्दछन् ।यस दिन नारीहरुले नयाँ लुगा लगाई पूजामा सरिक हुन्छन् । अन्न र फलफुल समेत नलिएर निरहार बसि नारीहरु भजन कृतन र नाँचगानमा संलग्न हुन्छन् । काठमाडौँ उपत्यकामा पशुपति गुहेश्वरीजस्ता स्थानहरुमा तीज पर्वका दिन ठुलो मेला लाग्दछ ।
तीज पर्वलाई हरितालिका पनि भनिन्छ । प्राचीन कथा अनुसार शैल पुत्री पार्वतीले शिवजीलाई पतिका रुपमा प्राप्त गर्न चाहन्थिन । उता विष्णुले पनि पार्वतीलाई पाउने इच्छा गरी नारदलाई लमि बनाएर हिमालय पर्वत तर्फ पठाए । विष्णुले भगवान् स्वयम्ले छोरी माग्न पठाएको मा पार्वतीका पिता हिमालयले निकै खुसी भएर पार्वतीको विष्णु सँग विहे गरिदिने भनि कुराकानीको छिनोफानो पनि भयो । त्यस बेला पार्वती तपस्यामा लीन थिइन् र उनी एउटा लक्ष्य पुरा गर्नका लागि यो कठोर तपस्यामा प्रवृत्त भएकी थिइन् । नारद त्यहि ठाँउमा पुगे र तपस्यारत पार्वतीलाई विष्णु सँग तिनको विहेको कुरा छिनिएको बताउँदा पार्वती शोकविह्वल भईनख पार्वतीको विह्वलता देखेर उनकी एउटी सखीले त्यस दुःख र शोकको कारण सोधिन । पार्वतीले भनिन् “मेरो मनले शिवलाई रोजेको छ तर मलाई विष्णु सँग विहे गरिदिने र त्यसो भयो भने म यो धर्तीमा बाच्न चाहन्न ।” पार्वतीको यस्तो कुरा सुनेर उनकी सखिले पार्वतीलाई बचाउन अपहरण गरेर अज्ञात ठाँउमा लगिन् पार्वती अज्ञात ठाउँमा सङ्कल्पपूर्ण ढङ्गले शिवको आराधनामा लागिन् अनि त्यसै बेला शिव लिड्डको पूजा भई रहेकै वखत शिवजी प्रकट हुनु भयो । पार्वतीको तपस्याबाट खुसी भएका महादेवले पार्वती सँग वरदान माग भनि भन्नुभयो अनि पार्वतीले सबै कुरा सुनाइन । पार्वती शिवजीका साथमा हिमालय पर्वतमा पुगे अनि पर्वतका राजा हिमालयले पार्वतीको शिवजी सँग विवाह गरि आफ्नो इच्छा पुरा गरिदिए । यसरी त्यसै बेला देखि एउटा सखी आलीद्धारा हरित गरिएकी पार्वतीले व्रत गरेर शिवजीलाई खुसी पारेकोले यस पर्वलाई हरितालिका व्रतोत्सव भनिएको हो । जसरी कन्या पार्वतीले अठोर तपस्या गरे शिवजीको दर्शन प्राप्त गरि आफ्नो इच्छाएको कुरा प्राप्त गरि त्यसैको परम्पराको रुपमा कन्या केटीहरु सामान्यतयामा सौभाग्यको चाहना गर्ने सधवा महिलाहरुको आ–आफ्नो मनको प्रेम भावनालाई मुर्त रुप दिन यो पर्व हार्दिकता पूर्वक मनाउँछन् ।
तीज नेपाली नारीहरुको दुःख र पीडा पोख्ने एक अपुर्व पर्वका रुपमा पनि अहिले देखिन थालेको छ । तीजको बेला विवाहित महिलाहरु माइती घरमा निम्ताइन्छन् । तीजको बेला माइती लिन आएनन् वा माइती टाँढा छन् भने निकै दुःख मान्ने प्रचलनलाई त्यस बेला गाइने यस्ता गीतहरुले पनि समउद्घाटन गरेको पाइन्छ ।
“तीजको बेलामा सबै जान्छन् माइत
आफ्नो माइती मुग्लान पारी छैन साइत”
तीजका दिन नारीहरुले आफ्ना पिडा र वेदनाहरु पोख्तछन् । यसरी आफ्ना पीडा पोख्ता उनीहरुले एकातिर सासुहरुको थिचोमीचो र अन्य अत्यचारलाई विषयवस्तु बनाउछन् भने अर्कोतिर बुहारीहरुले सासुहरुलाई हेपेको विषयवस्तुलाई पनि गीतको रुप प्रदान गर्दछन् । यसबाट हाम्रो समाजमा नारीहरुको पीडाको प्रमुख स्रोत पनि नारीहरु नै रहेछन् भन्ने मार्मिक सत्यको उद्घाटन हुने गर्दछ ।
तीजमा आजभोलि विकृति मुलक कामहरु पनि केहि मात्रमा हुन थालेका छन् । तीज महङगा–महङगा गरगहना प्रदर्शन गर्ने स्थल र पर्वका रुपमा विकसित हुनु यसको असुन्दर पक्ष हो । कयौँ महिलाहरुले आफ्ना अमुल्य गहनाहरु लगाएर मन्दिरहरुमा जाँदा त्यहाँ गहना लुटिइ फर्कने बेला न्याउरो मुख लगाएर फर्कनु परेको छ । त्यति मात्रै होइन, तीजमा घरमा कोहि नभएको मौका पारी चोरी हुने प्रवृति पनि विकसित हुदैछ । तीजलाई विभिन्न राजनैतिक दलहरुले राजनैतिक रड्ड दिइ एकआपसमा गीतैगीतमा गालीगलौजमा उत्रने प्रवृतिमा पनि अहिले बढ्दै छ । साँस्कृतिक महत्वका पर्वहरुमा यसरी दलियताको गन्ध मिसिनुलाई अवश्य पनि हाम्रो सँस्कृतिभित्र आधुनिकताले निम्ताएको विकृति नै मान्नु पर्दछ ।
तीज पौराणीक महत्वको पर्व भए पनि यसको आफ्नै साँस्कृति र सामाजिक विशेषता पनि छ । आधुनिकताले केही विकृतिहरु भित्राउन खोजे पनि यस पर्वले नारीहरुका पिडा विदेना र कष्टहरुलाई समसामहिक ढड्डले प्रस्तुत गर्नमा सघाउ पु¥याउछ । वास्तवमा यो एक पौराणिक, साँस्कृतिक, सामाजिक एवम् हृदयको वेदना प्रकट गर्ने महत्वपूर्ण पर्वका रुपमा देखापर्छ ।