«

»

चितवन अस्पतालको एम्बुलेन्स नियन्त्रणमा

ambulalceनियम बिपरित एम्बुलेन्स विक्रि गरेको र भन्सार नतिरी
किर्ते गरेर नयाँ एम्बुलेन्स खरिद गरेको आरोप
सञ्चारपत्र सम्वाददाता
भरतपुर, २६ भदौ
जिल्ला प्रहरी कार्यालय, चितवनले चितवन अस्पताल प्रा. लि. को दुई वटा एम्बुलेन्स अनुसन्धानको लागि मंगलबार नियन्त्रणमा लिएको छ । ना १ ज ८८०९ नम्बर प्लेटको  र अर्को नम्वर नखुलेको नयाँ एम्बुलेन्स गरी दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिईएको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिएका छन् ।
चितवन अस्पताल प्रा. लि. ले किर्ते गरि गैर कानुनी रुपमा एम्बुलेन्स गरिद गरेको समाचार प्रकाशमा आएको थियो । ‘पत्रिकाहरुले छापेको समाचारमा प्रमुख जिल्ला अधिकारीले चासो राखेपछि अनुसन्धानको लागि चितवन अस्पताल प्रा. लि. को एम्बुलेन्स नियन्त्रणमा लिएका हौं’ डिएसपी राउतले भने ।
चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले एम्बुलेन्स नियन्त्रण लिइएको बताउँदै भने– एम्बुलेन्स सञ्चालन आचार संहिता लागू भईसकेको छ, गलत काम गर्ने कसैलाई पनि कानुनले छोड्दैन, गलत काम गर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न प्रहरी स्वतन्त्र छ ।’
नियन्त्रणमा लिईएको एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय, चितवनमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राउतले जानकारी दिए । चितवन अस्पताल प्रा. लि. ले एम्बुलेन्स आचार संहिता अनुसार खरिद गरेको एम्बुलेन्स, आचार संहिता भन्दा बाहिर गएर बिक्री गरेको आरोप लागेको छ । साथै कानुनी प्रकृया पूरा नगरी पहुँचका आधारमा भन्सार नतिरी नयाँ एम्बुलेन्स खरिद गरिएको भन्ने गुनासो प्रहरीमा परेको डिएसपी राउतले बताए ।
नयाँ एम्बुलेन्सको भन्सार तिरिएको छ कि छैन भनेर यातायात विभाग र भन्सार कार्यालयसँग जानकारी लिने प्रकृयामा चितवन प्रहरी रहेको डिएसपी राउतले जानकारी दिए ।