«

»

अनुमती नै नलिई विद्यालय सञ्चालन

education—शिक्षा कार्यालयका चार परिपत्र लत्याइए

–    अनुमति नै नलिई एक देखि आठ कक्षा सम्म सञ्चालन
–    यस पटकको परिपत्र अटेर गरे बन्द गराइदिन्छौं ः जिशिअ

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १ असोज

जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन अनुमती नै नलिई चितवनमा चार निजी विद्यालयले पठनपाठन गरिरहेका छन् । जिल्ला शिक्षा कार्यालयको पटक पटकको परिपत्रलाई समेत अटेर गरी ती विद्यालयले पठनपाठन जारी राखेका हुन् ।
निजी विद्यालय सञ्चालन गर्नको लागि शिक्षा नियमावली २०५९ र संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ले तोकेको मापदण्ड पुरा गर्नुपर्छ । तर, पूर्वी चितवनको चैनपुरमा दुईवटा तथा पिप्ले र दाहाखानीमा एउटा÷ एउटा निजी विद्यालयले सञ्चालन अनुमतीको प्रकृया नै शुरु नगरी आफूखुसी पठनपाठन गरेका हुन् ।
विष्णुप्रसाद सिलवालले खोलेको आदर्श इङ्गलिस बोर्डिङ्ग स्कूल र ढलक लामाले खोलेको बृुद्धशान्ती इङ्गलिस बोर्डिङ्ग स्कूल चैनपुरमा रहेका छन् । पिप्लेमा सोमप्रसाद पाण्डेले दीपज्योती बोर्डिङ्ग स्कूल र बमबहादुर थापा मगरले चतुर्मुखी इङ्गलिस बोर्डिङ्ग स्कूल दाहाखानीमा सञ्चालन गरेका छन् । यी विद्यालयका सञ्चालकको नाममा जिल्ला शिक्षा कार्यालय, चितवनले गत शैक्षिक सत्रमा नै गरेको परिपत्र अटेर गरेकाले चालु शैक्षिक सत्रमा पनि पठनपाठन रोक्न परिपत्र गरेको थियो ।   

जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माका अनुसार ती विद्यालय सञ्चालकले चार पटकसम्म पठनपाठन रोक्न गरेको परिपत्र अटेर गरेका छन् । पछिल्लो पटक गएको शुक्रबार जिल्ला शिक्षा कार्यालयले काल्पनिक नाम दिइ विद्यालय सञ्चालन गर्ने व्यक्तिको नाममा पुनः परिपत्र गरेको
छ ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले अहिलेको परिपत्रलाई पनि अटेर गरे शिक्षा कार्यालयले नै विद्यालय बन्द गराइदिने बताए । सञ्चालन अनुमति नलिइ विद्यालय खोली पठनपाठन गरेको पाइए सञ्चालकलाई जरिवाना सहित विद्यालय बन्द गराइदिने व्यवस्था पनि नियमावलीमा रहेको छ । यद्यपी, जिल्ला शिक्षा कार्यालय चितवनले यसअघि ती विद्यालय बन्द गराउन पहल गरेको देखि“दैन ।
अनुमती नलिइ सञ्चालन गरेका ती विद्यालयमा कति विद्यार्थी छन् भन्ने पनि जिल्ला शिक्षा कार्यालय, चितवनलाई जानकारी छैन ।  ‘कार्यालयले अनुमती नै नदिएको विद्यालय भएकोले विद्यार्थी संख्या यकिन गरेनौं’ जिशिअ शर्माले भने । विद्यालय बन्द हु“दा हाल अध्ययन गरिरहेका विद्यार्थीहरुको भविष्य अन्यौलमा पर्ने तर्फ सचेत भएर आफ्ना बालबालिका तुरुन्तै अन्य विद्यालयमा सार्न पनि अभिभावकलाई सार्वजनिक सूचना मार्फत सचेत गराइएको उनले बताए ।

गएको वर्ष जिल्ला शिक्षा समितिको टोलीले गरेको अनुगमनमा जिल्लामा सातवटा विद्यालयले अनुमती नलिइ पठनपाठन सञ्चालन गरेको पाइएको थियो । ती मध्ये तीन विद्यालय बन्द भइसकेका छन् । बा“की चारले भने बन्द गर्न दिएको परिपत्र अटेर गरेका छन् ।

निजी विद्यालय सञ्चालनको लागि सेवा क्षेत्र हेरी प्रत्येक कक्षामा २२ जना विद्यार्थी संख्या, उपयुक्त भौतिक पूर्वाधार, विद्यालयको नक्सा लगायतका विषयमा तोकिएको मापदण्ड पुरा
गर्नुपर्छ । जिल्ला शिक्षा कार्यालयले मापदण्डको अध्ययन गरी प्रत्येक वर्ष एउटा कक्षा थपिने गरी विद्यालय सञ्चालन अनुमती दिने व्यवस्था छ । तर, अनुमति नलिई खोलिएका ती विद्यालयमा भने एकदेखि आठ कक्षासम्म सञ्चालन गरेको पाइएको छ । गएको शैक्षिक सत्रमा अनुमती भन्दा बढी कक्षा सञ्चालन गर्ने १७ वटा विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, चितवनले कारवाही गरेको जिशिअ शर्माले बताए ।