(अपडेट : बेल्जियमबाट प्राप्त जानकारि अनुसार उनी रक्सीका दह्रा अंमली थिए । जतिखेरपनि जाँड रक्सी पिउने गर्थे । त्यसदिनपनि उनले अत्यधिक रक्सी पिएपछि भर्याङबाट खसेका थिए । अचेत जस्तै अवस्थामा उनलाई देखेपछि छिमेकिले अस्पत्ताल पुर्याउन सहयोग गरेका थिए । उनलाई चिन्नेहरुले अत्यधिक रक्सी पिएकैले यस्तो अवस्था भएको टिप्पणी गरेका छन् । तर के कारणले उनी त्यस्ता अ म्मली बने रक्सीका, कहिलेदेखि हो भन्ने चाहिँ स्पष्ठ छैन)
(नेपालप्लसले उनको फोटो खोजि गर्दा नपाएपछि उनले उपचार गराएको गुगलमा उपलब्ध अस्पत्तालको फोटो)
बेल्जियममा एक जना नेपालीको गुमनाम मृत्युले धेरै नेपाली झस्किएका छन् । उनी कतिदिन देखि कहाँ बिरामी थिए भन्ने थाह त्यहाँ नेपालीका नाममा भाषण ठोक्ने, राजनिति गर्ने र भोज खाने करिब ४० वटा संस्था मध्ये कसैलाईपनि जानकारि भएन । बेल्जियमका नेपाली राजदूत राममणी पोख्रेल पाएसम्म नेपालीका कार्यक्रममा गएर भाषण् ठोक्छन्, देशको लागि निकै गरें भन्दै । अझ आफ्नो सोच बिपरित बोल्ने र लेख्नेलाई कार्यक्रममै औंलो ठड्याइ ठड्याई धम्कि दिन्छन् । लुकी लुकी पार्टीका कार्यक्रममा मुड्कि उचाल्दै भाषण दिन्छन् । माओवादी नेता आए पछि पछि लाग्न भ्याउँछन । तर नेपाल र नेपालीका लागि सेवा गर्न भनेर बसेको दुतावासले लक्ष्मण खत्री अस्पत्तालमै मृत्यु भएर क्रिश्चियन संस्कारमा लगेर गाड्ने बेला सम्मपनि थाह पाएनछ । अझ अचम्म त के भने खत्रीले उपचार गर्न भर्ना भएको अस्पत्तालले बेल्जियमस्थित नेपाली दुतावासलाई सम्पर्क गरेको रहेछ । त्यहाँका काउन्सिलरले वास्तै नगरेपछि लास तिन दिनसम्म अस्पत्तालमा राखेर कोहि नभएका, दुर्घटनामा परेर अपचित भएका र बेवारिसेहरुको लास गाड्ने संस्थालाई खबर गरेर दिएछ । त्यस सामाजिक संस्थाले त्यहि बेवारिसे लासका रुपमा लगेर गाडिदिएछ । उनी बेल्जियममा नेपालीको दोस्रो ठूलो जनसंख्या भएको भनिएको आन्तर्पेन शहरको अस्पत्तालमा थिए । त्यहिँ उनको मृत्यु भएको हो ।
दुतावासले वास्ता गरेको भए कम्तिमा अरु नेपाली संघ संस्थाले जानकारि पाउने थिए । दुतावास एक्लैले नसके त्यो काम नेपाली संघ संस्थालाई जानकारि दिएरपनि उनका परिवारको खोजि गर्नुपर्थ्यो । तर गरिएन । सायद दुतावासमा कामको चापाचाप हुँदो हो । किनभने बेल्जियमको नेपाली दुतावासले नेपालमा धेरै ठूला ठूला परियोजना लगेको छ । औधोगिक सिप, बैदेशिक लगानी, बिज्ञान प्रबिधी बेल्जियमबाट नेपाल लैजाँदैमा दुतावासलाई फुर्सद नहुनाले नेपालीका कार्यक्रममा भाषण ठोक्न जानु बाहेक अरु बेला चासो राख्ने फूर्सद दुतावासको हुन्न । त्यहि ब्यस्त हुनाले अन्य धेरै देशको दुतावासमा एक जना मात्रै काउन्सिलर हुने गरेपनि बेल्जियमस्थित नेपाली दुतावासमा भने दुई जना छन् ।
खत्रीलाई के रोग लागेको हो । उनी कहाँका हुन् । कति दिन राखिएको हो अस्पत्तालमा । उनका परिवार कहाँ छन् ? उनी कहिले कुन तरिकाले आएका हुन् । यसबारे कसैलाई मेसो छैन । तर उनको म्रित्यु मार्च १२ मै भएको रहेछ । अस्पत्तालले तिन दिन जति सोध खोज गरेछ उनका आफन्त कोहि छन् कि ? सायद उनी बिरामी भएर भर्ना हुँदा देखिनै खोजि गरेको हुनु पर्छ । दुतावासले कुनै जिम्मेवारी लिन्छ कि भनेर ।
कतैबाटपनि कुनै खोज खबर नभएपछि शबको अन्तिम दाह संस्कार गर्ने OCMW Linkerover भनिने सामाजिक संस्थालाई सम्पर्क गरेर लास दिएछन् । त्यो संस्थाले बेवारिसे लासहरु लगेर गाड्ने काम गर्छ । यो सामाजिक संस्था हो बेल्जियमको । त्यहि संस्थाले लास गाड्ने काम गरेछ मार्च १५ का दिन ।
दुतावासले नगरेपछि नेपालीहरुको खोज खबर गर्नु पर्ने, सकेको सहयोग गर्नु पर्ने र कम्तिमा कहाँ के कति नेपाली छन् त्यसको तथ्यांक राख्ने कोसिस गर्नुपर्ने एन आर एन बेल्जियमले हो । तर एन आर एन बेल्जियम भनेपछि अहिले विश्वभरि कि त डन पाल्ने, कि दानपनि नदिने, कि मानव तस्करहरुलाई बचाउने, कि अरुको काममा भाँजो हाल्न मात्रै दगुर्ने, कि भने सदस्यताको पैसो पनि गुट्मुट्याउने संस्था भनेर चिनिएको छ । एन आर एन बेल्जियम त विश्वमा अहिले जति बदनाम भएको छ, त्यति सायद कुनै देशको पनि भएको छैन होला । एन आर एन बेल्जियमलाई अरुले कुनै काम गर्दा भाँजो हाल्न, चोर फटाहालाई संरक्षण दिन, मानव तस्करको बचाउ गर्न, महिला डन तयार पारेर नांगो नाच देखाउँदै ठिक्क छ । कुनै संस्थाले केहि काम गर्न लागे भन्ने जानकारि हुनुपर्छ एन आर एन बेल्जियम केहि दुइ चार जना समाजसेवी क्रितिम नामधारीहरु दगुरिहाल्छन् । भाषण गर्ने ठाउँमा हतारिन्छन् । तर नेपाल र नेपालीको लागि भनेर खुलेको एन आर एनले जानकारि पाउँदैन । त्यसो त अस्पततल भर्ना हुँदा लक्ष्मण खत्री आफैंले कुनै न कुनै नेपाली वा संघ संस्थालाई अस्पत्तालसित सम्पर्क नगराउनु उनकोपनि कमजोरी हुन सक्छ । अचेत अवस्थामा पुगेको भए त त्यसो गर्न सकिने भएन नै ।
यो घटनाका बारेमा छलफल गर्न र सकेसम्म नेपाली संस्क्रिति अनुसार उनको काजक्रिया गर्ने बारेमा सुझाव लिन सोमबार आन्तर्पेनमा छलफल राखिएको संघिय समाजवादी पार्टीका युरोप को अर्डिनेटर पीजी शेर्पाको फेसबुकमा उल्लेख छ । बेल्जियम सानो देश छ । अधिकांश नेपाली लुभेन, आन्तर्पेन, ब्रसेल्स र ब्रुगमा बस्छन् । बेल्जियममा करिब ७२ वटा नेपाली संघसंस्था छन् दर्ता भएका । ति मध्ये करिब ४० वटा सक्रिय रहेको बताइन्छ । सबैजसो मुख्य दलका भात्री संगठन छन् । राप्रपा समेत गठन छ । अझ कतिपयको त बिद्रोही दलपनि छ । पाँच हजार देखि सात हजारको हाराहारीमा नेपालीहरु भएको अनुमान गर्छन् । यति सानो ठाउँमा, त्यति धेरै नेपाली भएको देशमा किन कसैले थाह पाएन लक्ष्मण खत्रीको यो घटना ? अचम्म यहि मानिरहेका छन् धेरै नेपालीले । यो घटनाले धेरै नेपालीलाई नेपाली संघ संस्थाको भूमिका प्रति सोच्न र सोध्न बाध्य बनाउने छ । नेपाली दुतावासको नाकपनि अलिकति छिमलिएको छ ।