«

»

बाख्राले एकैपटकमा ६ ओटा पाठापाठि जन्मायो

बिकास अधिकारी, चितवन चैत्र १२ 
चितवनको पार्वतिपुरमा एउटा बाख्राले एकैपटक ६ ओटा पाठापाठि जन्माएको छ । पार्वतिपुर ८ पहारीलोटारका मेघराज सुवेदिले पालेको बाख्राले एकै पटकमा ६ ओटा पाठापाठि जन्माएको हो । ६ ओटा मध्ये एउटा मरेको छ भने पाँच ओटा भने राम्रो रहेको सुवेदिले कालीका एफ एमलाई जानकारी दिनुभयो । ६ ओटा पाठापाठि जन्माएपनि बाख्राको माउ भने शकुशलनै रहेको छ । बाख्राले एकपटकमा चार ओटा सम्म जन्माउने गरेको यदाकदा पाईने गरेपनि एकै पटक ६ ओटा जन्माएको भने अस्वभविक भएको पशु विज्ञहरुले बताएका छन् ।
यस्तो हर्मोनको कारण भएको हुन सक्ने पशु विकास कार्यालय चितवनका वरिष्ठ पशु विकास अधिकृत डाक्टर तेज बहादुर रिजालले बताउनुभयो । अण्डासयमा धेरै ओटा अन्डाको विकास एकैपटक भएको र सबै विकास भएका कारण त्यस्तो भएको रिजालले बताउनुभयो । बाख्रा पालक कृषक सुवेदिले भने आफुले तिन ओटा मात्र पाठापाठि पाल्ने अरु दुई ओटा बाख्रा भने आफुले पाल्न चाहानेलाई दिने सुवेदिको भनाई छ ।