«

»

लुभेन स्थित नृत्य कक्षा पुनः संचालन हुने

प्रबासमा नेपाली कला र सँस्कृतिको सम्रक्षण,सम्बर्धन तथा प्रचार प्रसार गर्ने मुल उदेश्यले नेपाली कलाकारिताका बिबिध बिधाका कलाकारहरुको सङ्गठित समुह (ENAA) युरो नेपाल कलाकार संघ बेल्जियम द्द्वारा संस्थाको स्थापना काल देखिनै हरेक बर्ष विभिन्न सांस्कृतिक कार्यक्रम तथा विभिन्न प्रतियोगिताहरु र बेल्जियम स्थित Antwerpen को Burgerhaout मा र Leuven मा (ENAA) नृत्य कक्षा संचालन गर्दै आइ रहेको पनि सर्बबिद्दितई छ। तर बिबिध कारणबस leuven मा संचालन भैरहेको नृत्य कक्षा स्थगित भएको थियो। अब निकट भबिस्यमानै उक्त नेपाली नृत्य कक्षा पुनः संचालन गरिने भएको जानकारी गराउन चाहन्छु। उक्त enaa नृत्य कक्षा सम्बन्धि सम्पूर्ण जिम्मेवारी बरिस्ठ नृत्यकार तथा नृत्य निर्देशिका श्रीमती पुजा डंगोल ( रशाइलि ) ज्युलाई दिइएको छ। Leuven बाशी सम्पूर्ण नेपाली दिदि बहिनि तथा दाजुभाई हरुले आफ्नो नानीहरुलाई उक्त नृत्य कक्षामा सहभागी गराई,बिदेशमा जन्मेर हुर्के पनि आफ्नो नानीहरुलाई नेपाली कला र संस्कृतिलाई नजिक बाट चिन्ने र जान्ने मौका बाट बन्चित नगराइ दिनहुन हार्दिक अनुरोध गर्दछौं। अन्तमा :- Antwerpen स्थित संचालन भईरहेको ENAA नृत्य कक्षामा येस वर्ष २०१३ को पहिलो सिजन जनवरी देखि मार्च सम्म ३ महिने कक्षा पुराभई येही आउँदो अप्रिल ७ तारिक आइत बार देखि दोस्रो सिजन सुरुहुने भएको हुँदा आन्त्वेर्पेन स्थित सम्पूर्ण अभिभाबक ज्युहरुले छिट्टो भन्दा छिट्टो आफ्ना नानीहरुलाई उक्त नृत्य कक्षामा उपस्थितगराई दिनहुन हार्दिक अनुरोध गर्दछौं।एस बिषयमा थप जानकारी पछि गर्दै जानेछौं । धन्यबाद । महासचिब ENAA

Antwerpen सम्पर्क :- शोफिया महर्जन ( कार्की ) ०४८९३३१२६६
Leuven ” ” ” ” ” :- जीमी गुरुङ ०४८७८४६२३०
” ” ” ” ” ” ” ” ” :- पुजा रसाइली ०४८३४१०४३०
email :- enaabelgium_2009@yahoo.com / jeemy95@yahoo.com

@test message !!