प्रतिमा सिलवाल
भरतपुर, ९ असोज
चितवनमा खसीको मासु व्यवसायीले दशैंको मुखमा मासुको मूल्य बढाउन दवाव दि“दै व्यवसाय बन्द गरेका छन् । उनीहरुले पा“च दिनयता खसीको मासु बिक्री गरेका छैनन् । मूल्य बढाउने व्यवसायीको प्रस्ताव जिल्ला प्रशासनले नमानेको भन्दै व्यवसायीहरुले व्यवसाय बन्द गरेर बसेका हुन् ।
गएको वर्ष यसै समयमा खसीको मासुको मूल्य बढाइएको थियो । गत वर्ष चार सय असी रुपैया“ प्रतिकिलोबाट बढाएर छ सय रुपैया“ बनाइएको थियो । अहिले उक्त मूल्यमा खसीको मासु बिक्री गर्न नसक्ने व्यवसायीको अडान छ ।
गएको भदौमा जिल्ला प्रशासन कार्यालय, चितवनलाई खसीको मासु व्यवसायी संघले मासुको मूल्य बढाउन लिखित प्रस्ताव गरेको थियो । उनीहरुको प्रस्तावमा सात सयदेखि आठ सय रुपिया“ प्रतिकिलो मूल्य तोकिनुपर्ने उल्लेख छ । संघको एकतर्फी प्रस्ताव लागू हुनुपर्ने व्यवसायीको माग छ ।
संघका अध्यक्ष उद्धव तिमिल्सिना मासुको मूल्य नबढाए व्यापार गर्न नसक्ने बताउ“छन् । ‘किसानले जिउ“दो खसीको मूल्य बढाएका छन्’ उनले भने, ‘पोहोरकै मूल्यमा बिक्री गरेर व्यापार चलाउन सकि“दैन ।’ अहिले जिउ“दो खसीको मूल्य प्रतिकिलो साढे तीनदेखि चार सय रुपैया“सम्म पर्छ ।
जिल्ला प्रशासन कार्यालय, चितवनले भने दशैंको मुखमा मासुको मूल्य बढाउ“दा उपभोक्ता मारमा पर्ने भएकाले व्यवसायीको मागलाई ‘नाजायज’ भनेको छ । कालाबजारी गरेको भन्दै प्रशासनले भदौमा तीन जना खसीको मासु व्यवसायीलाई कारवाही गरेको थियो । प्रतिकिलो सात सय रुपैयाँमा बेच्दै आएका उनीहरुलाई जिल्ला प्रशासनले धरौटीमा छोडेको छ ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले व्यवसायीको माग नाजायज भएको बताए । उनले कालाबजारी गर्ने व्यवसायीलाई कारवाही गर्ने बित्तिकै मूल्य बढाउ भनेर सहमती दिन नसक्ने पनि स्पष्ट पारे ।
चाडबाडको समयमा उपभोक्तालाई सहुलियतमा खाद्य सामग्री उपलब्ध गराउनुपर्नेमा मूल्य बढाउन नसक्ने उनको भनाई छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका उनले कुनै व्यवसाय घाटा लागेमा आफ्नो व्यवसाय बन्द गराउन स्वतन्त्र रहेको भन्दै मासु पसल खोल्न कुनै दवाव वा अनुरोध नगर्ने बताए । गएको वर्ष एकैपटक दोब्बर बढी मूल्य बढाएका व्यवसायीले अहिले फेरी ‘मूल्य बढाउ’ भन्नु अनुपयुक्त रहेको पनि उनको भनाई छ ।
उपभोक्ता हित संरक्षण मञ्चले सरकारले व्यवसायीको मनपरी नियन्त्रणको लागि उचित संयन्त्र नबनाउ“दा नाजायज माग गरेर उपभोक्ताको उपभोगको हक नै हनन् गरेको भन्दै बिरोध गरेको छ । मञ्चका अध्यक्ष शैलेन्द्र पियाले छिमेकी जिल्लाको अनुगमनमा पनि यहा“का व्यवसायीले हाल बेचिरहेकै मूल्यभन्दा कम मूल्यमा खसीको मासु बिक्री गरेको पाइएको बताए ।
चितवनका छिमेकी जिल्ला नवलपरासी, मकवानपुरमा पा“चसयदेखि साढे पा“च सय रुपैया“ प्रतिकिलो खसीको मासु खरिद बिक्री भएको छ । उनले व्यवसायीहरुले अहिले मासुमा एकलौटी मूल्य बृद्धिको माग गर्नु उपयुक्त नहुने बताए ।