गत फर्वरी २४ का दिन एन आर एन बेल्जियमकि अध्यक्ष जानकी गुरुङको प्रमुख नेत्रित्वमा भएको गुण्डागर्दी पछि बिभिन्न २१ संस्थाका नाममा भन्दै नेपालप्लस र म बिरुद्द प्रेस बिज्ञप्ती जारी गरिएको थियो । त्यो प्रेस बिज्ञप्ती झुठो, कपोल कल्पित र हुँदै नभएको ब्यक्तिका नाममा जारि गरिएको खुलासा भएको छ । प्रेस बिज्ञप्ती जारि गरिएका भनिएका ब्यक्ति र संस्थाहरुसित नेपालप्लस र मेरो कुनै बैमनस्यता र गुनासा नहुँदा नहुँदैपनि किन जारी गरे त ? शंका स्वभाविक थियो । त्यसैले मैले आज प्रेस बिज्ञप्ती जारि गरेका संस्थाका संवन्धित ब्यक्तिसित प्रतिक्रिया लिएको थिएँ ।
प्रतिक्रिया लिने क्रममा संस्थाका ब्यक्ति फेला परे भने केहि संस्थाका फेला परेनन् । केहि ब्यक्तिको भने मसित फोन सम्पर्क थिएन । सम्पर्क लिँदा थाह भयो कि एन आर एन अध्यक्ष जानकी गुरुङ आफैंले प्रेस बिज्ञप्ती लेखेर ब्यक्तिका घर घरमा ‘सहि गर्नुस भन्दै पुगेकि रहिछिन् । त्यसमा नेपाल पत्रकार महासंघ युरोप शाखाका पत्रकार भनिएका शालिक गौतमपनि संलग्न रहेछन् । प्रेस बिज्ञप्तीमा नाम राखिएको नवलपरासी सहायता समाजका अध्यक्षले त सो प्रेस बिज्ञप्तीमा आफ्नो संस्थाको नाम राखिनु झुठो भएको भन्दै अर्को बिज्ञप्तीनै जारी गरेका छन् ।
सहि गराएका भनिएका संस्थाका कोहि ब्यक्ति बेल्जियममै रहेनछन् । कसैलाई ददि सापकोटा हलमा कुरा गर्न खोज्दा भागेकोले त्यहि विषयमा हो अरु खासै केहि होइन भन्दै गुमराहमा राखेर सहि गराउन लगाइएको रहेछ । कुनै संस्थाको नाममा त आफुखुशि नाम राखिएको रहेछ । नवलपरासी सहायता सहायता समाज बेल्जियमका अध्यक्ष अम्रित प्रधानले नेपालप्लसका बिरुद्द आफ्नो कुनै दुस्मनी नरहेको र आफु नेपाल भएका बेला झुक्काएर आफुखुशि आफ्नो संस्थाको नाममा प्रेस बिज्ञप्तीमा नाम हालेको बताए । उनले भने ‘म हिजो (आइतवार) साँझ मात्रै नेपालबाट बेल्जियम आइपुगेको हुँ । हुँदै नभएको ब्यक्तिको नाममा कसरि प्रेस बिज्ञप्तीमा नाम हाल्न मिल्छ ? कसले त्यस्तो गर्यो म बुझ्दै छु । मलाई त्यो घटनामा कुनै सरोकार छैन । एन आर एन र अन्य संस्थाको लडाई र समाचारमा किन हामीलाई मुछ्ने ?’
त्यो झुठको अझ ठूलो पर्दाफास नवलपरासी साहयता समाजले आजै एक प्रेस बिज्ञप्ती जारि गर्दै २१ वटा संस्थाले जारि गरेको भनिएको प्रेस बिज्ञप्तीमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै अर्को प्रेस बिज्ञप्ती जारि गरेपछि भएको हो । सामजका अध्यक्ष अम्रित प्रधानले बिज्ञप्ती जारि गर्दै भनेका छन् “गत ३ मार्च २०१३ का दिन बेल्जियम स्थित नेपाली संघ संस्थाहरुको सामुहिक प्रतिकृया भनेर यस संस्थाको नाम जोडीएकोमा हाम्रो ध्यान आकर्षण भएको छ् । हाम्रो सस्थाको आधिकारिक अनुमति बिना नाम राखिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको कुरा जानकारी गराउछौं । हाम्रो यस सस्थाको कुनै कसै सित प्रतिरोध, प्रतिसोध नरहेको र भविस्यमा पनि नहोस भन्ने चाहन्छौं । यस कारण सो सामुहिक प्रतिक्रिया संग हाम्रो कुनै सरोकार नरहेको कुरा जानकारी गराउदछौं । बिज्ञप्ती अन्तिममा हेर्नुस् ।
बाग्लुङ समाज बेल्जियमका अध्यक्ष श्रीप्रसाद सापकोटाले एन आर एन अध्यक्ष जानकी गुरुङ आफु कहाँ आएर प्रेस बिज्ञप्तीमा सही गर्न निकै जोडजुल गर्दापनि अफुले नटेरेको बताए । बरु आफुले जानकी गुरुङलाई तपाईहरुको लडाई र झगडामा किन हामीलाई मुछ्ने भन्ने जवाफ दिएका रहेछन् । एन आर एनको बारेमा लेखेका कुरा र महायज्ञ लगाउँदा अरुले दिएको दानबाट उठेको रकम पण्डितलाई हिराको औंठी लगायत उपहार दिन खर्च गरेको र नगद दिएको कुरा नेपलप्लसले सहि लेखेको बताएकोपनि उल्लेख गरे । आफुले सहि गर्न अस्विकार गर्दापनि पत्रकार शालिक गौतमले पटक पटक पटक आग्रह गरेपछि सहि गरिदिएको बताउँदै भने ‘मैले जानकीलाई म सहि गर्दिन भन्दिएको हुँ थिएँ । तर शालिक गौतमले दाई सहि गर्नुस् केहि हुन्न, यो सबैका लागि हो, यसमा सहि गर्नुपर्छ, सप्पैले गरेका छन्, नत्र तपाई छुटुनु होला नी’ भनेर पटक पटक भनेपछि गरेको हुँ। अहिले मलाई गल्ति गरें भन्ने पछुतो लागेको छ ।”
त्यस्तैगरि मोना बेल्जियमका अध्यक्ष घनश्याम शाहीसित सम्पर्क गरेको थिएँ । उनले आफु फर्वरी २४ को कार्यक्रममा उपथित नभएको, त्यस घटनाबारे जानकारि नभएको र आफ्नो नाममा प्रेस बिज्ञप्ती जारी भएको पनि नदेखेको उल्लेख गर्दै भने ‘हो र बिज्ञप्ती कहाँ आएको छ ? मेरै नाममा आएको छ ? कहाँ आएको छ भन्नुस् त । मैले त देखेकै छैन । हाम्रो संस्थाको तपाइसित गुनासो र बैरभाव छैन । म बुझेर खबर गर्छु है ?”
नेपाल आदिबासी जनजाति महा संघको उक्त कार्यक्रममा आफैंले बोलाएको अतिथिका बिरुद्द प्रेस बिज्ञप्ती जारि गर्ने, अपमान गर्ने काम हुन नहुने भन्दै बिज्ञप्ती जारि गर्ने मध्येका तामाङ समाज बेल्जियम र शेर्पा समाज बेल्जियमसित कुरा गरेर आफुले त्यसको बिरोध गर्ने जानकारि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पिजी शेर्पाले दिए । नेपालप्लसले उनीसित पटक पटक सम्पर्क खोज्दा उनी भियना भएकाले असमर्थ भएकोमा शेर्पाले साँझ आफैंले फोन गरेर भने ‘तपाईलाई हामीलेनै अतिथिका रुपमा नित्याएका हौं । जनजाति महासंघमा आबद्द संस्थालेनै त्यसरि अतिथिका बिरुद्द उभिन मिल्दैन । एन आर एनको समाचार सित हाम्रो संस्थाको के मतलब ? यसबारे म तपाईलाई आदिबासी जनजाति संघमा आबद्द संस्थासित छलफल गरेर खबर गर्ने छु ।’
नेपाली ब्यवशायी संघ, बेल्जियमका अध्यक्ष हरी शर्मा थपलियालेपनि आफु त्यस दिन बिहान एक्कैछिन उपस्थित भएपनि घटनाबारे जानकारि नभएको र अन्य साथीहरु र संस्थाले एकै साथ बिज्ञप्ती दिँदा आफुलेपनि दिएको उल्लेख गरे । उनले भने ‘तपाईसित छलफल गर्न खोज्दा भागेको भनेकाले त्यसरि भाग्न हुन्थेन भनेर मैले सहमती गरेको हुँ । तर घटना के भो मलाई थाह छैन । साथीहरुले यस्तो यस्तो भयो सहि गर्नु पर्यो भनेकाले मैले विश्वास गरेर सहि गरेको हुँ । तर मलाई अहिले नहुनुपर्ने भयो भन्ने लागेको छ । यसबारेमा फेरीपनि बसेर छलफल गर्न सकिन्छ ।’
नेपाली जनप्रगतिशिल मञ्च एकिक्रित एकपा माओवादीको बेल्जियमस्थित जनवर्गिय संगठन हो । प्रेस बिज्ञप्तीमा सहि गर्नेमा त्यसका अध्यक्ष चित्र सुबेदीपनि छन् । मैले उनीसितपनि प्रतिक्रिया लिएको थिएँ । उनले आफु त्यस दिन उपस्थित नभएको र महासचिव क्रिष्ण तिवारी उपस्थित भएकाले उनीसित सरसल्लाह र सुझाव लिएर सहि गरेको बताए । कार्यक्रम भएको दिन एन आर एन बेल्जियमका आइ सिसी सदस्य अर्जुन श्रेष्ठले ददि सापकोटासित भोलीपल्ट अर्थात २५ तारिख बिहान भेटेर हार्दिकतापूर्वक गफगाफ गर्ने सल्लाह भएको जानकरिसमेत फोनबाट दिएको तर राती परिस्थिति बिग्रिएकोले सो कार्यक्रम रद्द भएको जानकरि दिएको समेत बताए ।
सुबेदीले भने ‘म आफु उपस्थित थिईन । मैले के भएको हो देखिन । मेरा केहि गुनासा त छन् तपाईसित । तर यदि अर्जुन श्रेष्ठसित बसेर बिहान अर्को दिन भेट्ने भनेर सहमती गरिएको हो भने हलमा बाटो छेक्नु र ब्यक्तिपिच्छेले भेट्न खोज्नु गलत हो । तर मलाई त्यसका बारेमा थाह थिएन । ब्यक्तिगत रुपमा मेरो तपाईसित कुनै बैरभाव र मनमुटाव छैन तर महासचिव र अन्य साथीहरुसितको सल्लाह र आग्रहमा सांगठनिक हिसाबले सहि भने गरेको हुँ । म त्यसको जिम्मेवारी लिन्छु ।’
नेपाली एकता समाज बेल्जियमका बाल क्रिष्ण कँडेलले त झन आफुले प्रेस बिज्ञप्तीमा के लेखेको छ भन्ने पढ्न समेत नपाई सहि गराएको बताए । भने ‘साथीहरुले सबै नेपाली समूदायको लागि हो, सहि गर्नुस् भने । मैले गरें । त्यसमा के लेख्या छ भन्नेपनि मैले त पढ्नै पाएको थिईन ।’
हिजो २१ वटा संस्थाको नाममा जारि गरिएको प्रेस बिज्ञप्तीमा बेल्जियमका अधिकांश संघ संस्था भन्दै उल्लेख गरेर झन ठूलो झुठको खेती गरेका थिए । किनकि बेल्जियमका ५० भन्दा बढि नेपाली संघ संस्था आबद्द छन् । उनीहरुले अर्को झुठको खेती के गरेका छन् भने कार्यक्रम हुने दिन एन आर एन बेल्जियमका आइ सिसी सदस्य अर्जुन श्रेष्ठ र सल्लाकार युवराज गुरुङसितै अर्को दिन बिहान भेटेर सलाह गर्ने भन्दै टुंग्याइएको विषयलाई भागेको भन्दै उल्लेख गरेका छन् ।
प्रेस बिज्ञप्तीमा एन आर एनका विषयमा झुठो समाचार लेखेको त भनिएको छ । तर एन आर एन भित्र भएको घोटाला र अनियमितता नभएको प्रमाण भने पेश गर्न सकेका छैनन् । यसबाट उनीहरुलाई के प्रश्न उठ्छ भने ‘यदि एन आर एनमा भएको आर्थिक हिनामिनाको समाचार यदि झुठो हो भने त्यो रकम उठेको प्रमाण, बैंक दाखिला गरिएको स्लिप खै त पेश गर्न सकेको ?
पटक पटक ध्यानाकर्षण गराउँदापनि भन्ने कुरो बिज्ञप्तीमा उल्लेख छ । तर एन आर एनको आर्थिक सम्पत्ती दुरुपयोग गर्नेहरुले भन्न सक्छन् कसले कुन दिन कुन समाचार, लेख र बिचारमा ध्यानाकर्षण गराएको हो ? कुन ब्यक्तिले ददी सापकोटासित कहिले गुनासो गर्यो ? आफ्ना कर्तुतहरु ढाकछोप गर्न असफल भएपछि उनीहरुले यो आरोप लगाएका छन् । मलाई आजसम्म एन आर एन वा बेल्जियमस्थित कुनैपनि ससंथाले कुनैपनि सामचार वा लेखमा आजसम्म खण्डन पठाउने वा गुनासा राखेको एउटा घटनापनि छैन ।
संघ संस्थाको रकम दुरुपयोग, अनिमितता र घोटाला गरेका यिनले अझ कतिसम्म हाँस्यास्पद तर्क गरेका छन् भने ‘एन आर एन र कथित नेपाली संस्थाले म सित लिखित स्पष्ठीकरण माग्ने योजना थियो’ भन्ने उल्लेख गरेका छन् । बेल्जियमको प्रशासनलाई आफ्नै हैकममा चलाउन सकिने कुनै बाद शाहले झैं यिनको के हैशियत हुन्छ एउटा पत्रकारलाई लिखित स्पष्ठिकरण लिने ? कानुन, निति र प्रशासनिक बाटाहरु अवलम्वन गर्नुपर्छ भन्ने सम्मको ज्ञान समेत नभएका यि झुठको खेती गर्नेहरुले पत्रकारलाई धम्काएर, तर्साएर अर्को क्रिष्णसेन इच्क्षुक वा डेकेन्द्र थापा बनाउने सपना बाहेक केहि देखेका होइनन् ।
हुँदै नभएका ब्यक्तिका नाममा सहि गर्नु, प्रेस बिज्ञप्तीमा नाम राख्नु, संस्थाको निर्णय नगरि कुनै एउटा चाकारीबाजलाई टपक्क टिपेर सहि गर्न लगाई समग्र संस्थाको हो भने देखाउनु, प्रेस बिज्ञप्तीको पूर्ण पाठ पढेर नसुनाईकन केहि भाग सुनाएर समर्थन लिनु र लेखिएका समाचार र आर्थिक घोटालामा उठेक प्रश्नको जवाफ नदिनुले उनीहरुको झुठको खेतीको थप पर्दाफास भएको छ ।
नवलपरासी सहायता समाज को प्रेस बिज्ञप्ती
Monday, 04 March 2013
गत ३ मार्च २०१३ का दिन बेल्जियम स्थित नेपाली संघ सस्थाहरुको सामुहिक प्रतिकृया भनेर यस सस्थाकोनाम जोडीएकोमा हाम्रो ध्यान आकर्शण भएको छ् /यस सस्था एक र हाम्रो सस्थाको आधिकारिक अनुमति बिना नाम राखिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको कुरा जानकारी गराउछौ / साथै हाम्रो सस्थाले बेल्जियम स्थित सबै संघ सस्था प्रवासी नेपाली संग सुमधुर सम्बन्ध बढाउदै सहकार्य गर्न चाहन्छ / हाम्रो यस सस्थाको कुनै कसै सित प्रतिरोध , प्रतिसोध नरहेको र भविस्यमा पनि नहोस भन्ने चाहन्छौ / यस कारण सो सामुहिक प्रतिक्रिया संग हाम्रो कुनै सरोकार नरहेको कुरा जानकारी गराउदछौ / धन्यवाद /
अध्यक्ष
अमृत प्रधान
( नवलपरासी सहायता समाज )
@साभार नेपालपल्स डट कम